काठमाडौं । आज बिहिबार शेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले घटेको छ । यस दिन परिसूचक ७.२६ अंकले घटेर २ हजार ६ सय ७८.४७ बिन्दूमा झरेको छ ।
आज १६२ वटा कम्पनीको मूल्य घट्दा ७६ कम्पनीको मूल्य वृद्धि भएको छ ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यस दिन १ करोड ५८ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये बसैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ३४ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
यसैगरी, सीईडीबी होल्डङ्सको २६ करोड ८९ लाख, राधी विद्युत कम्पनीको २० करोड २९ लाख, सिन्दु विकास बैंकको १९ करोड ३० लाख र सेन्ट्रल फाइनन्सको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज ४ वटा कम्पनीमा सकरात्मक र १ वटा कम्पनीमा नकरात्मक सर्किट लागेको छ । मात्रिभुमी लघुवित्त वित्तीय संस्था र कुमारी सबै योजनाको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । त्यसैगरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको शेयर मूल्य क्रमशः ९.९९ र ९.९८ प्रतिशतले वृद्धि भएको छ ।
न्यादी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।