शीर्षकहरू

एनसेलले सुरू गऱ्यो भोवाईफाई, आईफोनबाट सेवाको सुरुवात

एनसेलले सुरू गऱ्यो भोवाईफाई, आईफोनबाट सेवाको सुरुवात

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको छ । वाईफाई इन्टरनेटको माध्यमबाट भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको हो ।

 नयाँ प्रविधिमा उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयास स्वरुप एनसेलले यो सेवा संचालनमा ल्याएको जानकारी दिएको छ ।

यो सेवाले कुनै पनि भर पर्दो वाईफाई इन्टरनेट प्रयोग गरि स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सक्षम बनाउने कम्पनीको दाबी छ । वाईफाई कलिङ्का नामले पनि चिनिने भोवाईफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तै घर अथवा ठूला बिल्डिङका बेसमेन्टहरु र दुर्गम स्थानहरूमा सेवा लिन समेत प्रयोग गर्न सकिन्छ । प्रारम्भिक चरणमा यो सेवा आईफोन ८ र त्यसमाथिका आईफोन मोडेलहरूमा उपलब्ध रहेको छ ।

यसको विशेषता भनेको सेवाबाट फाइदा लिनका लागि अतिरिक्त शुल्क लाग्दैन । विद्यमान भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर नेटवर्क भएका स्थानमा पनि विस्तारित नेटवर्क कभरेजको फाइदा सकिने छ । 

भ्वाइस ओभर लङ् टर्म इभोलुशन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भए जस्तै, भोवाईफाईका लागि भर पर्दो वाईफाई कनेक्सनका आवश्यकता पर्दछ । कमजोर मोबाइल नेटवर्क भएका ठाउँहरूबाट कुराकानी गर्दा गर्दै मोवाइल नेटवर्क भएको स्थानमा पुगेमा बिना कुनै बाधा भोवाईफाईबाट मोबाइल नेटवर्कमा स्वतः स्विच हुने यो प्रविधिको एक मुख्य विशेषता हो । यसले अस्थिर र कमजोर मोबाइल नेटवर्क भएका स्थानका ग्राहकहरूका लागि धेरै फाइदा पुर्याउँदछ । 

भोवाईफाई सेवाका साथ ग्राहकहरूलाई मोबाइल नेटवर्क समस्या भएका इन्डोर अथवा बेसमेन्ट जस्ता स्थानहरूमा समेत सेवा प्रदान गर्नका लागि फोरजीको परिपूरक प्रविधिको रूपमा भोवाईफाई संचालनमा ल्याइएको एनसेलले जनाएको छ । कम्पनीले चाँडै नै यो सेवा सामसङ, शाओमी, ओपो र भीभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने जनाएको छ । 

भोवाईफाई सेवा चलाउन एनसेल एप डाउनलोड गरि एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ । त्यस पश्चात् कुनै पनि भर पर्दो वाईफाईमार्फत भोवाईफाई सेवाको फाइदा लिन सकिन्छ।  

सेवा एक्टिभेट गर्नुअघि, भोल्टे र भोवाईफाई वा वाईफाई कलिङ् दुवै आफ्नो मोवाइलमा सक्रिय अर्थात् स्विच अन गरेको हुनुपर्छ । त्यसका लागि डेटिङमा गएर, मोबाइल नेटवर्क भित्र गई सिम कार्ड छान्नु पर्दछ र भोवाईफाई, वाईफाई कलिङ वा सोही अनुसार छानेर सक्रिय गर्नु पर्दछ । यसरी आफ्नो मोबाइलमा भोवाईफाई वा वाईफाई कलिङ देखेमा सो मोबाइलमा भोवाईफाई सेवा चल्ने बुझिन्छ । 

सेटिङ्मा भोवाईफाई, वाईफाई कलिङ् सक्रिय गर्ने प्रक्रिया एन्ड्रोइड र आइओएस दुवैका लागि समान रहेको छ ।