काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कुल ३ लाख ३३ हजार १८८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनी जुली चाचान १ लाख ४९ हजार ११६, माछापुच्छ्रे बिक्र फ्याक्ट्रीको ७६ हजार ८७८, महेन्द्र कुमार गोयलको ८२ हजार ५९२ र ज्योतिकुमारी सरावगीको २४ हजार ६०२ कित्ता शेयर बिक्री गर्ने भएका हुन ।
यो शेयर कम्पनीका हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने छन् । इच्छुक सस्थापक लगानीकर्ताले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय सिटिसी मल सुन्धारा, काठमाडौंमा के कति कित्ता खरिद गर्ने सो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।