काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको साधारणसभा नजिकीदै गर्दा बैंकका संस्थापक समूहको कुल ८ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न लागेको छन। बैंकको यहि फागुन १५ गते चुनावी साधारणसभा बोलाएको छ । शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ अंकित गरेर शेयर विक्रीमा राखिएको छ ।
शेयर खरिद गर्दा न्यूनतम १ लाख २५ हजार कित्ता वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने सूचनामा जनाइएको छ ।
इच्छुक खरिदकर्ताले आफूले खरिद गर्न चाहेको शेयर संख्या र दररेट खुलाई आज (फागुन १ गते) देखि ९ गतेसम्म शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।