काठमाडौं । अर्थ मन्त्रालयका सहसचिवहरुको जिम्मेवारी भएको छ । बुधबार अर्थमन्त्रालयले थान प्रसाद पंज्ञानी सहसचिव अर्थ मन्त्रालय,वित्तीय संघीयता समन्वय महाशाखा अर्थ मन्त्रालयबाट प्रशासन महाशाखाको जिम्मेवारी पाएका छन् । त्यस्तै, शोभा कान्त पौडेल तालिम प्रमुख सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रबाट अर्थ मन्त्रालय, आर्थिक नीति विश्लेषण महाशाखामा आइपुगेका छन् । त्यस्तै, महेश आचार्य सहसचिव अर्थ मन्त्रालय, आर्थिक नीति विश्लेषण महाशाखा तालिम प्रमुखबाट सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पुगेका छन् ।
महेश भट्टराई सहसचिव अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाबाट महानिर्देशक, भन्सार विभाग पुगेका छन् । मदन दहाल सहसचिव अर्थ मन्त्रालय प्रशासन महाशाखा महानिर्देशकबाट आन्तरिक राजस्व विभागमा पुगेका छन् ।
त्यस्तै,तिर्थराज चिलुवालसहसचिव अर्थ मन्त्रालय वा अन्तर्गत उपमहानिर्देशकबाट आन्तरिक राजस्व विभागमा पुगेका छन् । सेवन्तक पोखरेल उपमहानिर्देशक आन्तरिक राजस्व विभाग अर्थ मन्त्रालयबाट वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पुगका छन् ।
त्यस्तै, पार्वती अर्याल सहसचिव अर्थ मन्त्रालय वा अन्तर्गत प्रमुख भन्सार परिक्षण प्रशासक भन्सार जाँचपास पछीको परीक्षण कार्यालयमा सरुवा भएका छन् । त्यस्तै, महेश बराल प्रमुख भन्सार प्रशासक त्रिभुवन विमान स्थल भन्सार कार्यालय अर्थ मन्त्रालयबाट वित्तीय संघीयता समन्वय महाशाखामा पुगेका छन् ।
त्यस्तै, यमुना प्रधान उपमहानिर्देशक भन्सार विभाग सहमहालेखा नियन्त्रकबाट महालेखा नियन्त्रक कार्यालय सरुवा भएको अर्थमन्त्रालयले जनाएको छ ।गोपी कृष्ण कोइराला उपमहानिर्देशकआन्तरिक राजस्व विभाग कार्यालय प्रमुखबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा पुगको छन् ।
अमृत लम्साल कार्यालय प्रमुख सार्वजनिक ऋण व्यवस्थापन कार्यालयाट उपमहानिर्देशक, भन्सार विभागमा पुगका छन् । श्याम प्रसाद भण्डारी सहमहालेखा नियन्त्रक महालेखा परिक्षण कार्यालयमा सरुवा भएको अर्थमन्त्रालयले जनाएको छ ।