शीर्षकहरू

दुई बाणिज्य बैंकबाहेक अन्यको फागुनका लागि ब्याजदर नबढ्ने

दुई बाणिज्य बैंकबाहेक अन्यको फागुनका लागि ब्याजदर नबढ्ने

काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनामा पनि व्याजदर नबढाउने भएको छन् । बैंकहरुले आज प्रकाशन गरेको सूचना अनुसार माघ महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई निरन्तरता दिने भएका हुन ।  बाँकी १८ बैंकको ब्याजदर माघ महिनाकै यथावत छ ।

ग्लोबल आइएमई बैंकले मुद्दति निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दु बढाएको छ भने लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशत विन्दुले घटाएको छ । २० वाणिज्य बैंकहरुमध्ये १८ वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा औषत ब्याजदर स्थिर रहन पुगेको हो।

आगामी महिनाका लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर औसत ब्याजदर ६ प्रतिशत निर्धारण गरेका थिए ।  माघ महिनामा औषतमा ६.००१ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुन महिनामा पनि ६.००१ प्रतिशतविन्दु नै रहेको छ।