काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडले फागुन २५ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्ने निर्णय गरेको हो । सभा आम्रपालि बैंक्वेट, भाटभटेनी, नक्साल, काठमाडौंमा विहान १० बजे सुरु हुनेछ ।
यस वर्ष कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँको आधारमा कर समेत ९ दशमलव ७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई सभाले अन्तिम स्वीकृति प्रदान गर्दै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेखा गर्ने र नियामक निकायबाट कुनै फेरबदलको निर्देशन भएमा त्यसको जिम्मेवारी सञ्चालक समितिले पुरा गर्ने गरी अख्तियारी प्रदान गर्ने विषय पति सभाले टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा फागुन ८ गते बिहीबारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।