काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा ९.४० प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनी २७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तो नाफा गत आवको सोहि अवधिमा २५ करोड ५१ लाख रुपैयाँ थियो ।
कम्पनीको कुल बीमाशुल्क आर्जन १२.२० प्रतिशतले बढेर ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बीमा कोषको ७७ अर्ब ९५ करोड रुपैयाँ भएको छ । चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १०.१८ रुपैयाँ रहेको छ ।