काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको नाफा १९७.९७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो वृद्धि देखिएको हो। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको सञ्चालन आम्दानी ९९.९८ प्रतिशत बढेर ३८ करोड ९२ लाख रुपैयाँ, कुल नाफा ३४.८८ प्रतिशत र कुल आम्दानी ३४.३९ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च समीक्षा अवधिमा १८.७६ प्रतिशत बढेको कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७८ पैसा बढेर ४ रुपैयाँ १९ पैसा पुगेको छ। भने प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५७.५२ गुणा रहेको छ।