काठमाडौं । अल्फा अटोमोटिभ प्रालिका दक्ष टेक्निसियन बिनोद महर्जनले अन्तर्राष्ट्रिय मञ्चमा ग्लोबल टेक्निसियन प्रतियोगितामा नेपालका विनोद महर्जन प्रथम रनर–अप हुन सफल भएका छन् । रोयल इनफिल्ड नेपालको आधिकारीक बिक्रेता अल्फा अटोमोटिभ प्रालि अन्तर्गत, नक्साल सर्भिस सेन्टरका सीनियर टेक्निसियन महर्जनले सुपर स्क्वाद ३.० ग्लोबल टेक्निसियन कम्पिटिसनमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो रनर–अप स्थान हासिल गरेका हुन ।
फेब्रुअरी ६, २०२५ मा भारतको चेन्नईमा सम्पन्न यस प्रतिष्ठित प्रतियोगितामा विनोदले आफ्नो उच्च दक्षता, समर्पण, र व्यावसायिक क्षमताको उत्कृष्ट नमूना प्रस्तुत गरे । मोटरसाइकल मर्मत तथा प्रविधिगत समस्याहरूको समाधान गर्ने सिपमा आधारित यो प्रतियोगिता विश्वभरका ४० देशबाट छनोट भएका उत्कृष्ट टेक्निसियन बीच प्रतिस्पर्धात्मक थियो । चेन्नईको सो कार्यक्रममा रोयल इनफिल्ड इन्डियाका ग्लोबल प्रडक्ट हेड प्रदिप मेथ्युले, महर्जनलाई बधाई सहित प्रमाणपत्र प्रदान गरेका थिए ।