शीर्षकहरू

इसेवामा रहेको पैसा एनआईसी एशियाको एटीएमबाट झिक्न मिल्ने, कसरी झिक्ने ?

इसेवामा रहेको पैसा एनआईसी एशियाको एटीएमबाट झिक्न मिल्ने, कसरी झिक्ने ?

काठमाडौँ । डिजिटल वालेट इसेवाले प्रयोगकर्तालाई नगद चाहिएको खण्डमासहजता प्रदान गर्न आफ्नो एटीएम विथड्र सेवा विस्तार गरेको छ । अब इसेवा प्रयोगकर्ताहरूले आवश्यक परेको खण्डमा एनआईसी एशिया बैंकको एटीएमबाट सजिलै पैसा निकाल्न सक्ने कम्पनीले जनाएको छ ।

यसअघि एभरेष्ट बैंक मार्फत प्रदान गर्दै आएको यो सुविधा इसेवाले हालै एनआईसी एशियामा पनि विस्तार गरेको छ । 

कसरी झिक्ने पैसा ?
एटीएमबाट पैसा निकाल्ने प्रक्रिया दुई चरणको रहेको छ । पहिलो चरणमा इसेवा प्रयोगकर्ताहरूले आफ्नो इसेवा एपमा गई ओटीपी प्रक्रिया पूरा गर्नुपर्नेछ भने दोस्रो चरणमा नजिकैको एनआईसी एशिया बैंकको एटीएम मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ ।

पहिलो चरणमा प्रयोगकर्ताले इसेवाको फाइनान्सियल सर्भिस भित्र रहेको एटीएम विथड्र मा गई एनआईसी एसिया बैंक छनोट गरेर आवश्यक विवरण राखेर प्रक्रिया पूरा गर्नु पर्नेछ । प्रक्रिया पूरा भएपछि इसेवामा दर्ता गरिएको मोबाइल नम्बरमा ओटीपी आउनेछ, जुन प्रयोगकर्ताहरूले एटीएम टर्मिनलमा पुष्टि गर्नुपर्छ ।

यसरी मोबाइल नम्बर र ओटीपी सहितका विवरणहरू एटीएम मेसिनमा प्रमाणीकरण भएपछि मात्र प्रयोगकर्ताहरूले नगद निकाल्न सक्नेछन् । यसरी रकम निकाल्न दुई सजिला चरणहरू पार गरेर ओटीपी जस्ता विवरणहरू पनि पुष्टि गनुपर्ने भएकोले यो प्रक्रिया सहजसँगै सुरक्षित पनि रहेको इसेवाका रणनीतिक बैंकिङ तथा वित्तीय समाधान प्रमुख हेम घिमिरेले बताएका छन् ।