aarthiknews.com बुधबार, २१ साउन २०७७   Wednesday, 05 August, 2020
 
Bajaj_Bike
Tasen

शेयर बजारमा क्रमश : सुधार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ मंसिर २०७६
शेयर बजारमा क्रमश : सुधार
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा क्रमशः सुधार हुन थालेको छ । बुधबार नेप्से ८.७३ अंकले बढेर परिसूचक ११२४.४७ बिन्दुमा पुगेको छ । 
कुल १६९ वटा कम्पनीको ९ लाख ९० हजारभन्दा बढी कित्ता शेयर ३० करोड ८२ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका सबै समूह बढेका छन् । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै अर्थात २ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 
आज प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयरमूल्य ९.५० प्रतिशतले बढेको छ । समग्र परिसूचक बढेको दिन बरुण हाइड्रोपावर कम्पनीको लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूलय करिब आठ प्रतिशतले घटेको छ । 
 

प्रतिक्रिया दिनुहोस