काठमाडौँ । मेटलाइफ फर्च्युन म्यागजिन २०२५ को 'विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू' को सूचीमा परेको छ । कम्पनीले विज्ञप्ति निकाल्दै उक्त जानकारी दिएको हो ।
उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरु समावेश गरिएको थियो ।
मेटलाइफका अध्यक्ष र सीईओ मिशेल खलाफले भने, “मेटलाइफको उद्देश्य हाम्रो रणनीतिक आधारशिला हो, जसले हामीलाई हाम्रा सबै सरोकारवालाहरूका लागि सेवा प्रदान गर्न मार्गदर्शन दिन्छ । यो सम्मानले देखाउँछ कि हाम्रो उद्देश्यप्रति साँचो रहँदा, हामी महत्वपूर्ण व्यावसायिक नतिजा प्रदान गर्न सक्छौं र अझ विश्वस्त भविष्य निर्माण गर्ने हाम्रो परम्परालाई निरन्तर विस्तार गर्न सक्छौं ।”
पछिल्ला २५ वर्षदेखि फर्च्युन र कर्न फेरिको सहकार्यमा कर्पोरेट प्रतिष्ठाका आधारमा कम्पनीहरूको पहिचान र मूल्यांकन गर्दै आएका छन् ।