काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय सरेको छ ।
बैंकले २०५८ सालदेखि चितवनको रत्ननगर १ मा कार्यालय रही बकुलहर, टाँडी, चितवनमा राखी चितवन जिल्लालाई आधार बनाइ मुख्यगरी टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सामा सेवा सञ्चालन गर्दै आएको थियो । २२ औँ साधारण सभाले केन्द्रीय कार्यालय भरतपुर महानगरपालिका १० मा स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय बमोजिम बैंकको केन्द्रीय कार्यालय सारी आइतबारदेखि सेवा सञ्चालन गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।