शीर्षकहरू

उद्योगीव्यवसायीको पक्षमा नयाँ औद्योगिक नीति ल्याइनेः मुख्यमन्त्री कार्की

उद्योगीव्यवसायीको पक्षमा नयाँ औद्योगिक नीति ल्याइनेः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योगी व्यवसायीको पक्षमा नयाँ औद्योगिक नीति ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । 
 
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा शुक्रबार विराटनगरमा आयोजित ‘औद्योगिक नीति २०८१ को मस्यौदामाथि सरोकार भएकाहरूबीचको अन्तरक्रिया कार्यक्रममा उनले निजी क्षेत्रसहित स्वदेशी कच्चापदार्थलाई बढावा दिने गरी औद्योगिक नीति ल्याउनुपर्नेमा जोड दिए । 

आयातित कच्चापदार्थबाट उत्पादन हुने वस्तुले विदेशी बजारमा प्रतिस्पर्धा गर्न नसक्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले उत्पादन खर्च कम हुने तथा आयआर्जन पनि गर्न सकिने स्वदेशी कच्चापदार्थमा आधारित उद्योगलाई बढावा दिनेगरी औद्योगिक नीति ल्याउनुपर्नेमा जोड दिए । 
 
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले राज्यलाई भरणपोषणमा सहयोग पु¥याउने तथा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने औद्योगिक नीति आवश्यक रहेको बताए ।  उनले उच्चकोटीको गुणस्तरीय वस्तु उत्पादन गरी लाभान्वित हुन निजी क्षेत्रसँग अनुरोध गर्दै मध्यमस्तरका उद्योग स्थापना गर्ने जिम्मेवारी प्रदेशलाई दिनुपर्ने धारणा व्यक्त गरे ।