काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले लक्ष्य प्राप्तीका लागी सबै आयोजनाहरु एकैपटक बन्नुपर्ने बताएका छन् ।
शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सरकारसँग भएका जति पनि आयोजनाहरु छन् ति सबै आयोजनाहरुलाई एकैपटक सुरु गर्नुपर्ने अवस्था रहेको बताएका हुन् । ‘सरकारले लिएको लक्ष्य प्राप्तिका लागि तोकिएको समयमै सबै आयोजनाहरु बन्नुपर्छ । एकैपटक सुरु गरिएन भने अझैं ६/७ वर्ष कुर्नुपर्छ । छिटो गरियो भने पनि आयोजना सम्पन्न हुन ८ देखि १० वर्ष लाग्छ,’ उनले भने ।
आयोजनाहरु छिटो बनाउनका लागि के के कुराको शब्दावली राख्नुपर्छ त्यो समितिले जानकारी दिन समेत आग्रह गरे । विकास निर्माणमा भएको स्रोत साधनमा लगानी गर्न विदेशीहरुलाई गुहार्नु पर्ने अवस्था रहेको उनले बताए ।