शीर्षकहरू

नेपालमा पहिलो पटक राष्ट्रिय निर्माण फेस्ट हुने

नेपालमा पहिलो पटक राष्ट्रिय निर्माण फेस्ट हुने

काठमाडौँ । स्कूलसेवाले नेपालमा पहिलो पटक राष्ट्रिय निर्माण फेस्ट फेस्टको आयोजना गर्ने घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी स्कुलसेवाले उक्त जानकारी दिएको हो ।

यस महोत्सवको प्रमुख उद्देश्य नयाँ घर निर्माण एवं पुराना घरकारको मर्मत सम्भारको लागि आवश्यक सीप र प्रविधिलगायतको सचेतना जगाउनु रहेको स्कुलसेवाका सञ्चालक बताउाछन् ।

'हरेका व्यक्तिको लागि आफू बस्ने घर भनेको जीवनको ससबैभन्दा मूल्यवान सम्पत्ति हो। र, यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दी, सुरक्षित एवं दिगो बनाउनु नितान्त जरूरी छ। महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गर्ने अपेक्षा हामीले गरेका छौँ,' प्रेस विज्ञप्तिमा भनिएको छ ।

महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, उद्यमी, विद्यार्थी लगायताका अन्य इच्छुक व्याक्तिहरूले एउटै छतमुनि घर निर्माण एवं विभिन्न मर्मतसंभार सम्बन्धी महत्वपूर्ण छलफल अन्तरकृया हुनेछ ।

यस्ता पक्षहरूमा घरको आधुनिक र पारम्परिक डिजाइन, खाली ठाउँ, बिजुली, हावापासको उचित प्रयोग, गुणस्तरीय विचारहरूलाई प्रस्तुत गर्ने मात्रै होइन त्यस्ता विचारबाट लगानी जुटाउने अवसर पनि प्रदान गरिने बताइएको छ ।