काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन तोलामा ४०० रुपैयाँले घटेर सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।
यसदिन चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।