काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको ७५ लाख कित्ता आईपीओ शेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आइतबारदेखि उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबार शुरु हुने नेप्सेले जनाएको छ । १००.३४ देखि । ३०१.३४ रुपैयाँ ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।
कम्पनीका संस्थापकहरुको ५२ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानीक कोष, कर्मचारीहरु र सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गरिएको २२ लाख ५० हजार कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ ।