शीर्षकहरू

विद्यार्थीलाई पारस खड्काको सुझाव : विदेश पढ्न गए पनि आफ्नै देश फर्किएर केही गर्नु

विद्यार्थीलाई पारस खड्काको सुझाव : विदेश पढ्न गए पनि आफ्नै देश फर्किएर केही गर्नु

काठमाडौँ । क्रिकेटर पारस खड्काले प्लस टु र बेचलर पढिरहेका विद्यार्थीलाई विदेश पढ्न गए पनि नेपाल फर्किएर देशमै केही गर्न आग्रह गरेका छन्। 

नेपाल क्रिकेट संघका सचिव समेत रहेका खड्काले 'ह्वाइट हाउस लिट्रेचर फेस्टिबल'को तेस्रो संस्करणको उद्घाटनमा भने, ''यो विज्ञान प्रविधिको समयमा आफ्नो शिक्षा पुरा गर्न विश्वको जुन देशमा पुगे पनि पढाई सकेर नेपाल फर्की यहीँ केही गर्न कस्सिनुपर्छ। यहाँ पनि धेरै गर्न सकिन्छ।''

प्लस टु बेचलर अध्ययनरत विद्यार्थीहरू विदेश जान हतारिने गरेका छन्। तर खड्काले नेपालमै केही गर्ने सोच राख्न र खेलमा अवसर खोज्न सुझाए। ''नेपाल क्रिकेट लिग हुँन सकेको पनि यस्तै कलेजका विद्यार्थीहरूको साथ र सहयोगले हो,'' उनले भने, ''आगामी दिनमा खेल मात्रै नभएर खेलाडीको भविष्य पनि सुनश्चित गर्ने वातावरण बनाउन सकियोस् भनेर लागिएको छु र यो कोसिस युवा खेल प्रेमीको साथ र सहयोग चाहिन्छ।''

''नेपाल किक्रेटको यो स्वर्ण युग बनाउन अहिलेबाट सुरु नभएर २५ वर्ष अघिदेखि भएको,'' उनले भने, ''यही संस्थालाई पढेर संस्थामा बसेर खेलेर क्रिकेटलाई यहाँ पुर्‍याउन सहयोग मिलेको छ।''

क्रिकेटर खड्काले कक्षा ११ र १२ ह्वाइट हाउस कलेजबाटै सुरु गर्नुका साथै क्रिकेटलाई निरन्तर दिन सकेको पनि बताए। ''म किक्रेट पनि अगाडि बढाउँछु भनेर यहाँ आएको थिएँ र कलेजले मलाई भरपूर्ण साथ सहयोग र हौसला दिनु भएको थियो,'' उनले भने।