काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले करार नामा उलंघन गरेको विरुद्दमा दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । प्रिमियर लिग सञ्चालनकर्ता जोरा स्पोर्टस इन्टरटेन्मेन्ट प्रालिका सञ्चालक आमिर अख्तरले दायर गरेको मुद्दामा न्यायाधिश दिनबन्धु बरालले प्रारम्भिक सुनावइ गर्दै यस्तो आदेश दिएका हुन ।
जोराले प्रिमियर लिग सञ्चालन गर्ने भनि सम्झौता गरेकोमा पछि क्यानलाई जोरासँगको सम्झौता एकलौटि तोडि आफैले लिग सञ्चालन गरेपछि जोरा स्पोर्टर्स अदालत गएको थियो । अल्पकालिन आदेश अनुसार प्रतिवादी समेतको रोहबरमा राखी अन्तरिम आदेश जारी गर्न पर्ने हो वा होइन भन्ने विषयमा फागुन १ गते थप पेशी तोकि संघलाई समेत उपस्थित गराउन आदेश दिएको छ ।