शीर्षकहरू

लिबर्टी इनर्जीको अवितरीत हकप्रद शेयर बाँडफाँट

लिबर्टी इनर्जीको अवितरीत हकप्रद शेयर बाँडफाँट

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले माघ २ गतेदेखि ९ गतेसम्म लिलामी प्रक्रियाबाट बिक्री गरेको अवितरीत हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यसअघि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दा वितरण हुन नसकेको ८ लाख २६ हजार ५७४ कित्ता हकप्रद शेयर लिलामीमा बिक्री गरेको हो ।

कम्पनीको सर्वसाधारण समूहको उल्लेखित कित्ता शेयर भने बिक्री हुन नसकेको हो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र माघ १८ गते खोली कम्पनीको सञ्चालक समितिको माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफााट गरेको हो ।

यी शेयरको कटअफ मूल्य १८७ रुपैयाँ १० पैसा कायम गरी उक्त मूल्यमा पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको हो । बाँडफाँटमा नपरेको शेयर वापतको रकम माघ २५ गतेदेखि आवेदकहरुको बैंक खातामै रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ । यो शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले हाल१ अर्ब ५० करोड रुपैयाँको आधारमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । ५० प्रतिशत हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २५ करोड रुपैयाँ कायम भएको छ ।