शीर्षकहरू

शिखर इन्स्योरेन्सले २० औँ वार्षिक साधारण सभा बोलायो

शिखर इन्स्योरेन्सले २० औँ वार्षिक साधारण सभा बोलायो

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २० औं साधारण सभा बोलाएको छ ।  कम्पनीले फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको हो। उक्त सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको करका लागि ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन  लगायतका प्रस्तावहरु रहेका छन् ।