शीर्षकहरू

खातीको गीत 'मेटूँ भन्छु केरकार पारी'मा अञ्जना बराइलीको अभिनय

https://youtu.be/XJaw6YfEJJA

काठमाडौँ ।  गायक साइराज खातीले नयाँ गीत 'मेटूँ भन्छु केरकार पारी' ल्याएका छन्। गीतकार सुरेन्द्र दियालीको गीतमा उनले स्वर दिएका हुन् । आफ्नो गायकीबाट युवापुस्तामाझ लोकप्रियता कमाइरहेका गायक खाती 'मेरो भ्वाइस युनिभर्स'का फोर्थ रनरअप हुन्। 

प्रसाद, पुजार सार्की जस्ता चलचित्रमा संगीत गरेका सुबास भुषालले यस गीतलाई संगीत गरेका छन् भने  विश्व अधिकारीको एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको छ। 

देशमा बढ्दो रोजगारीको कारण प्रेम र सम्बन्धहरु क्रमश चिसिँदै यथार्थलाई दृष्य कथा मार्फत् भन्न खोजिएको छ, जसमा अहिलेकी निकै व्यस्त नायिका अञ्जना बराइलीको अभिनय रहेको छ। गीतकार तथा कलाकार सुरेन्द्र दियालीले अभिनेत्री बराइलीलाई साथ दिएका छन् । 

विशाल थापाको छायांकन रहेको म्युजिक भिडियोलाई गणेश शाहीले निर्देशन गरेको हुन् । गीतलाई भाका इन्टरटेनमेन्ट युट्युब च्यानलले बजारमा ल्याएको हो ।