सृजनाको हकप्रद शेयर ९० प्रतिशत विक्री - Aarthiknews
aarthiknews.com बुधबार, २५ मंसिर २०७६   Wednesday, 11 December, 2019
 
Bajaj_Bike

सृजनाको हकप्रद शेयर ९० प्रतिशत विक्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ मंसिर २०७६
Sunrise bank
सृजनाको हकप्रद शेयर ९० प्रतिशत विक्री
LBEF
NCH-IPS

विराटनगर (अस) ।  सृजना फाइनान्सले ९० प्रतिशत हकप्रद शेयर विक्री गरेको छ । सनराइज क्यापिटलबाट रू. १ करोड ९३ लाख ३० हजार २००, आस्बाबाट रू. २ करोड ९५ लाख २८ हजार १०० र सृजना फाइनान्सबाट रू. १९ करोड ७० लाख ८९ हजार ३०० गरी जम्मा रू. २४ करोड ५९ लाख ४८ हजार हकप्रद शेयर खरीदका लागि रकम जम्मा भएको छ । जुन हकप्रद शेयर ९० प्रतिशत हुन आउँछ । विक्री हुन बाँकी ३ लाख ५ हजार २१२ कित्ता संस्थापक तथा सर्वसाधारण शेयरलाई छिटै सिलबन्दी बोलपत्रका माध्यमले विक्री गरिने फाइनान्सले जानकारी दिएको छ । 

फाइनान्सले चुक्तापूँजी रू. ४६ करोड ७ लाख ८४ हजारको ६० प्रतिशत हकप्रद शेयर रू. २७ करोड ६४ लाख ६९ हजार २०० का लागि गत असोज १७ गतेदेखि विक्री खुला गरेको थियो । सबै शेयर तोकिएको म्यादभित्र विक्री नभएकाले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३’ अनुसार १५ दिन म्याद थप गरी मंसिर ६ गतेसम्म हकप्रद शेयर विक्रीका लागि खुला गरिएको थियो ।  यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस