भ्याट छल्ने बिरूद्द एक करोड चौरासी लाखकाे मुद्दा - Aarthiknews
aarthiknews.com विहीबार, २६ मंसिर २०७६   Thursday, 12 December, 2019
 
Bajaj_Bike

भ्याट छल्ने बिरूद्द एक करोड चौरासी लाखकाे मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
Sunrise bank
भ्याट छल्ने बिरूद्द एक करोड चौरासी लाखकाे मुद्दा
LBEF
NCH-IPS

काठमाडाैं । सुर्तिजन्य पदार्थको कारोबारमा अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (VAT) तथा आयकर छलि गर्ने तपसिलका २ (दुई) वटा फर्मका २ जना प्रोप्राईटर बिरूद्द एक करोड चौरासी लाख एकचालिस हजार दुई सय असी विगो विगाे दावीसहित मुद्दा दायर गरेकाे छ । विगाे जरिवानासहित दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दावी गर्दै राजस्व अनुसन्धान विभागले कपिलवस्तु जिल्ला अदालत, तौलिहवामा मुद्दा दायर गरेको हाे । 

कपिलवस्तु, शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा स्थित लुम्बिनि पान मसला तथा सुर्ति गुट्खा उद्योग (स्था.ले.नं. ३०२२३२२७३) का प्रोपराईटर अब्दुल्ला मुसलमानले राजस्व चुहावट गरेको कसुरमा रु. 78 लाख 48 हजार 8 सय 31 तथा एस ट्रेर्डर्स एण्ड सप्लायर्स (स्थायी लेखा नं ६०८७८०५७३) का प्रोपराइटर दुजमान थापाले राजस्व चुहावट गरेको कसुरमा 5 लाख 45 हजार 7 सय समेत गरी जम्मा रु 1 लाख 32 हजार 54 हजार 5 सय 36 रूपैयाँ विगो कायम गरी कपिलवस्तु जिल्ला अदालत, तौलिहवामा अाइतबार मुद्दा दर्ता गरेकाे विभागले जनाएकाे छ । 

कपिलवस्तुबाट जनकपुरतर्फ जाँदै गरेको मालवाहक ट्रकमा राजस्व चुहावट भएको सुर्ती तथा गुटकासमेत मालबस्तु रहेको आशंकामा चालकसंग रहेको विलविजक सहित बर्दघाटबाट नियन्त्रणमा लिइ २०७५-०२-०४ गते छानविन शुरू गरेकाे थियाे । 

छानविनमा लुम्बिनि पान मसला तथा सुर्ति गुट्खा उद्योग (स्था.ले.नं. ३०२२३२२७३)ले अन्तःशुल्क स्टिकर नटाँसिएको अवस्थाको १३५ बोरा (१३५०० प्याकेटमा २०२५ के.जि.) गुट्खा अन्तःशुल्क दाखिला नगरी अन्तःशुल्क स्टिकर प्रयोग नगरी राजस्व चुहावट गरेको देखिएकोले सो उद्योगले  राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ (क) र (ख) को कसुर गरी रु ७८,४८,८३१।- बराबरको राजस्व चुहावट गरेको पुष्टी हुन आएको बिभागले जनाएकाे छ । 

सोही ऐनको दफा ३३ बमोजिम बरामदित गुटखा जफत गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ१) बमोजिम रु.७८,४८,८३१।- विगो कायम गरिएको तथा उक्त उद्योगका थोक विक्रेता ए न एस ट्रेर्डर्स एण्ड सप्लायर्स (स्थायी लेखा नं ६०८७८०५७३) का प्रोपराइटर  दुजमान थापाले अन्तःशुल्क स्टिकर नलागेको २०२५ के.जि. panking गुट्खा को कारोवार गरी  रु.५४,०५,७०५।- बराबरको राजस्व चुहावट गरेको पुष्टी हुन आएकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ (क) र (ख) को कसुर गरी राजस्व चुहावट गरेको हुदा उक्त कसुरमा दफा ३३ बमोजिम बरामदित गुटखा र अन्तःशुल्क समेत रु.४६,८८,१८७।- बाँकी विगो निजबाट असुल गरी सो समेत जफत गरी निजलाई राजस्व चुहावटको कसुरको लागि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ१) बमोजिम रु.५४,०५,७०५।- विगो कायम गरी कुल जम्मा विगो रु 1,32,54,536।- (अठहत्तर लाख अठ्चालिस हजार आठ सय एकतिस रुपैया) ऐ. ऐनको दफा २३(१) बमोजिम विगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुन कपिलवस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुमा दर्ता गरेकाे छ ।

त्यसैगरी, कपिलवस्तु जिल्ला, माँयादेवी गाउँपालिका वडा नं. ८ बस्ने अर्घाखाँची मेटल स्क्राप सप्लायर्स (स्था.ले.नं. ६०७१४२०४२) का प्रोपराइटर वर्ष ३७ को सकिल अहमद फकिरले १२६७।२ के.जि अर्धतयारी सुर्तिवजन्य वस्तु भन्सार चोरी पैठारी गरी उक्त सुर्तिबाट व्राण्ड विनाको सुर्ति तयार गरी राजस्व चुहावट गरेको कसुरमा रु. ५१,८६,७४४।- (एकाउन्न छयासि हजार सात सय चौवालिस रुपैया) विगो कायम गरी कपिलवस्तु जिल्ला अदालत, तौलिहवामा मिति 2076।0८।१2 गते मुद्दा दर्ता गरेकाे छ । 

पिपरा देखी चन्द्रौटा तर्फ जाँदै गरेको मालवाहक ट्रक मिति २०७५-१२-०४ गते नियन्त्रणमा लिई छानविन शुरू गरेकाे थियाे । उक्त ट्रकमा जुटको बोरामा रहेको ब्रान्ड नखुलेको अन्तःशुल्क समेत राजस्व नबुझाएको चुना मिसिएको अर्धतयारी सुर्ती ३३ बोरामा १२६७.२ के.जि. भएको  देखिएकोले उक्त वरामदित 1267.2 के.जि चुना मिसिएको अर्धतयारी सुर्ती अर्घाखाँची मेटल स्क्राप सप्लायर्स (स्था.ले.नं. ६०७१४२०४२) को भएकोले उक्त फर्का प्रोप्राईटर सकिल अहमद फकिरले राजस्व चुहावट गरेकाे ठहर गरेकाे हाे ।

उनि बिरूद्द (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ (क), (ख) र (ग) को कसुरमा भन्सार चोरी पैठारीको रु. १०,००,०९५।-, अन्तःशुल्क, मु.अ.कर र आयकरको रु.४१,८६,६४९।- गरी कुल जम्मा विगो रु. ५१,८६,७४४।- राजस्व चुहावट गरेको पाइएको हुँदा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ१) बमोजिम जम्मा विगो रु.५१,८६,७४४।- कायम गरी निजबाट असुल गरी दफा ३३ बमोजिम सुर्ती हुन र उक्त कसुरमा निजलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१) बमोजिम विगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुन साथै उक्त ढुवानीको साधन चलाउने जिल्ला कपिलवस्तु, मायाँदेवी गाउँपालिका वडा नं. ४ बस्ने लु. १ ज ४१७५ नं. को पिकअपका चालक वर्ष ३० को  तिलकराम कहारले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ (क), (ख) र (ग) को कसुर गरी राजस्व चुहावट कार्यमा सहयोग गरेको पाइएको हुँदा निजलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(२) बमोजिम मुख्य अभियुक्तलार्इ हुने सजायको आधा सजाय हुन कपिलवस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुमा दर्ता गरेकाे राजश्व अनुसन्धान विभागले जनाएकाे छ ।
 

प्रतिक्रिया दिनुहोस