सीडीएससीको कामु सीईओमा सापकोटा - Aarthiknews
aarthiknews.com विहीबार, २६ मंसिर २०७६   Thursday, 12 December, 2019
 
Bajaj_Bike

सीडीएससीको कामु सीईओमा सापकोटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
Sunrise bank
सीडीएससीको कामु सीईओमा सापकोटा
LBEF
NCH-IPS

काठमाडौं । धितोपत्रको राफसाफ कार्य गर्दै आएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा कञ्चन सापकोटालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । सापकोटालाई मंसिर १६ गते सोमबारदेखि लागू हुनेगरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । 

सापकोटाले नेटवर्क सेक्सनको प्र्रमुखको कार्यभार सम्हाल्दै आएकी थिइन । खुला प्रतिस्पर्धाबाट नयाँ प्रमुख कार्यकारी अधिकृतको नियुक्ति गरिने भए पनि सो व्यवस्था नभएसम्मका लागि सापकोटाले कार्यभार सम्हाल्ने छिन् । 
सीडीएससीले सोमबार प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताको कार्यकाल गत कात्तिक १० गते सकिएपछि नेतृत्व विहीन थियो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) को पूर्ण स्वामित्वमा रहेको यो संस्था सन् २०१० मा संस्थापना भई २०११ मार्च ३१ बाट सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस