नेप्सेमा झिनो गिरावट - Aarthiknews
aarthiknews.com विहीबार, २६ मंसिर २०७६   Thursday, 12 December, 2019
 
Bajaj_Bike

नेप्सेमा झिनो गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
Sunrise bank
नेप्सेमा झिनो गिरावट
LBEF
NCH-IPS

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ । आज नेप्से ०.८६ अंकले घट्दा परिसूचक ११११.९९ बिन्दुमा झरेको छ । 
कुल १६४ वटा कम्पनीको ८ लाख २६ हजारभन्दा बढी कित्ता शेयर २३ करोड २२ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका समूहमध्ये बैंकिङ, व्यापार, जलविद्युत् समूहबाहेक सबै समूह घटेका छन् । आज एनएमबि बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात १ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 
आज नेसनल माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । तर, अरुण काबेली पावर कम्पनीको साढे ६ प्रतिशतले शेयर मूल्य घटेको छ । 
 

प्रतिक्रिया दिनुहोस