भक्तपुरमा फेरि टिप्परले मान्छे मार्यो, पैदालयात्रीलाई ठक्कर दिएर भागेको  टिप्पर तीनकुनेमा समातियो - Aarthiknews
aarthiknews.com विहीबार, २६ मंसिर २०७६   Thursday, 12 December, 2019
 
Bajaj_Bike

भक्तपुरमा फेरि टिप्परले मान्छे मार्यो, पैदालयात्रीलाई ठक्कर दिएर भागेको  टिप्पर तीनकुनेमा समातियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
Sunrise bank
भक्तपुरमा फेरि टिप्परले मान्छे मार्यो, पैदालयात्रीलाई ठक्कर दिएर भागेको  टिप्पर तीनकुनेमा समातियो
LBEF
NCH-IPS

 भक्तपुर ।  मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विकको मृत्यु भएको छ ।     

 टिप्परले ठक्कर दिई घाइते विकलाई तत्कालै उपचारका लागि इवामुरा मेमोरियल अस्पताल लगिएकामा मृत्यु भएको  हो ।      ठक्कर दिई फरार रहेको सवारी साधनलाई सिसी टिभीबाट प्राविधिक अनुसन्धान तथा विभिन्न स्थानमा प्रहरी टोली खटिई खोजी गर्ने क्रममा काठमाडौं कोटेश्वर तीनकुनेबाट बा.३ख. २५३१ नंको टिप्पर र चालक काभ्रे महाभारत गापा–८ घर भई हाल काभ्रे साँगा बस्ने ३० वर्षीय सिद्धिमान तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।     
 

प्रतिक्रिया दिनुहोस