यस्तो छ लगानी सम्मेलनको आजको कार्यतालिका

१७ बैशाख २०८१

cover image

काठमाडौं । काठमाडौंमा आइतबारदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन जारी छ । दुई दिने सम्मेलनको आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र पहिलो दिनका मुख्य सत्रहरू सम्पन्न भए । उद्घाटनमा प्रधानमन्त्री दाहाल प्रचण्डले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सृजना भएको उल्लेख गर्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न आग्रह गरे । उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै अर्थमन्त्री वर्षमान पुनले लगानी प्रवर्द्धन र कानुनी सुधारको सन्देश लगानीकर्तासम्म पुर्याउन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

सम्मेलनमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तित्वहरुले निजी लगानीलाई प्रोत्साहित गर्न प्रतिबद्ध रहेको बताए ।

उद्घाटन सत्रमा नेपालका लागि चीनका महामहिम राजदूत चेन सोङ, नेपालका लागि भारतीय महामहिम राजदूत नवीन श्रीवास्तव, नेपालका लागि संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डिन आर थम्पसनलगायतले सम्बोधन गरे । युनाइटेड नेसन कन्फ्रेन्स फर ट्रेड एन्ड डेभलपमेन्टका महासचिव म्याडम रेबेका ग्रेन्सपान, आइटिसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा भारतीय उद्योग परिसङ्घको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका सुप्रतिम दत्ता र युएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल केशपले सम्बोधन गरेका थिए ।

सम्मेलनका सहआयोजक निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरू नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरू क्रमशः चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका अध्यक्ष लु चाउहुई, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष तथा महाप्रबन्धक सुशील शर्मा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलगायतले सम्बोधन गरेका थिए ।

सम्मेलनको दोस्रो दिन आज सोमबार पनि विभिन्न सत्रहरू तय गरी कार्यक्रम गरिँदै छ।  आज अर्थमन्त्री पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन् । आज ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयमा छलफलसमेत हुनेछ । उक्त सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायत वक्ता छन्। 

यसैगरी आज ‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक दोस्रो सत्र सञ्चालन हुनेछ । जसमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेका छन् । आज 'नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ र ‘यातायात पूर्वधार सुधार’ सत्र पनि सञ्चालन हुनेछन् ।

दोस्रो दिनका क्रममा आज पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ भने सम्मेलनको समापना अर्थमन्त्री पुनले गर्नेछन् ।

नेपाली लगानी बोर्डका अनुसार आज थप ८ परियोजनाका लागि आशयपत्र आह्वान गरिँदैछ ।  लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिँदै छ गर्न लागिएकोमा १२ आयोजनाका लागि पहिलो दिन आशयपत्र आह्वान भइसकेको छ ।

सम्मेलनको दोस्रो दिन आज माथिल्लो चमेलिया जलविद्युत् आयोजना, पाँचखाल विशेष आर्थिक क्षेत्र, कवाडीखोला जलविद्युत् आयोजना, भारबुङ जलाशययुक्त जलविद्युत् आयोजना, तोम दोगर बुढीगण्डकी जलविद्युत् आयोजना, सुपर बुढीगण्डकी जलविद्युत् आयोजना, महादेव खोला जलाशय निर्माण, कर्णाली चिसापानी वायुऊर्जा परियोजना, धौवादी फलाम खानी उत्खनन आयोजनाका लागि लगानीकर्तासँग आशयपत्र आह्वान गरिँदैछ ।

Image

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३८ हजार ४ सय रुपैयाँ रह...

Image

चालु आवमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत र प्रतिव्यक्ति आय एक हजार ४५६ रहेको प्रक्षेपण गरिएको छ...

Image

नवनियुक्त महानिर्देशक ओझाले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने ब...

Image

ढकालले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको र निजी क्षेत्रलाई प्रत्साहन दिने किसिमको रहेक...

Image

उनले उद्योगहरुलाई निजीकरण वा सझेदारीमा लैजाने जस्ता विषयमा अध्ययन गरिने समेत बताए । हाल बन्द रहेका उ...

Image

त्यस्तै, विकास आयोजना अनुगमन र मूल्यांकनलाई सूचना प्रविधिमा आधारित बनाइने घोषणा पन गरिएको छ । साथै, ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४