वात्सल्य नेचुरल आइभीएफले एकै महिनामा १२९ दम्पत्तिलाई दियो सन्तान सुख

१६ बैशाख २०८१

cover image

काठमाडौं । नेपालको नम्बर १ आइभीएफ वात्सल्य नेचुरलले एक महिना १२९ दम्पत्तिलाई सन्तान सुख दिएको छ । वात्सल्य नेचुरलले आइभीएफ र आइयुआइको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिदै आएको छ । यसैक्रममा वात्सल्य नेचुरलले पछिल्लो एक महिनामा १२९ दम्पतिलाई सन्तान सुख दिन सफल भएको एमब्रियोलोजी ल्याब डाइरेक्टर सुरेश यादवले जानकारी दिएका छन् ।

वात्सल्य नेचुरलमा पछिल्लो तीन महिनामा आइभीएफको औसत सफलता ७०.८८ प्रतिशत रहेको उनले बताए । जबकी विश्वव्यापी रुपमा आइभीएफको औसत सफलता ३० देखि ६० प्रतिशतको आसपास रहेको बताइन्छ ।

पछिल्लो तीन महिनामा वात्सल्य नेचुरलले ३६८ जना दम्पतिलाई सन्तान सुख दिएको यादवले बताए ।  यादवले लामो समयसम्म प्राकृतिक किसिमले सन्तान प्राप्त नभएमा  एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) को मध्यमबाट सन्तान प्राप्त गर्न सकिने र वात्सल्यले सोहि सेवा दिइरहेको बताए ।

एआरटी टेक्नोलोजीलाई सामान्य भाषामा बुझ्दा प्रविधिको मध्यमबाट सन्तानप्राप्तिको बाटो सरल बनाउनु हो भनेर बुझ्न सकिन्छ । यस अन्तर्गत आइयुआई र आइभीएफ प्रविधि अपनाउन सकिन्छ ।आइयुआई अन्तर्गत महिलामा कुनै गडबडी नभएमा पुरुषको शुक्रकिटलाई वाश गरेर महिलाको गर्भनलीमा हालिन्छ र त्यो विस्तारै विकसित हुँदै जान्छ ।

त्यस्तै आइभीएफमा पुरुष र महिलाबाट निकालिएको शुक्रकिट र डिम्बलाई राम्ररी छनोट र विकास गरी बाह्यरुपमा निषेचन गरिन्छ र त्यसलाई महिलाको पाठेघरमा स्थानान्तरण गरिन्छ । यसले गर्दा गर्भनली बन्द भएको वा कुनै प्रजनन् अङ्गमा समस्या भएको महिलाले पनि सन्तान पाउन सक्छन् ।

वात्सल्य नेचुरलले अहिलेसम्म आइयुआई प्रविधिबाट २००० र आइभीएफ प्रविधिबाट ४०००  दम्पतिलाई सन्तान सुख दिइसकेको यादवले बताए । त्यसैगरी वात्सल्य नेचुरलले काठमाडौँसहित नेपालगन्ज, पोखरा, चितवन, विराटनगर र बुटवलमा पनि पूर्ण सुविधासहित सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक प्रशान्त सुबेदीले जानकारी दिएका छन् ।

वात्सल्य नेचुरलले निसन्तान वा गर्भधारण सम्बन्धि कुनै पनि उपचार र सल्लाहसुझाव विशेषज्ञ चिकित्सकबाट उपलब्ध गराउदै आएको प्रबन्ध निर्देशक सुबेदीले बताए ।

वात्सल्य नेचुरलले दिइरहेको सेवा बारे सुबेदीले भने( ुवात्सल्यमा हामी हेरेक सेवाग्राहीको अवस्थालाई राम्ररी अध्ययन गर्छौं र त्यस अनुरुपकै उपचार गर्छौं । उनीहरुलाई सहज महसुस गराउने, मित्रवत व्यवहार गर्ने र आइभीएफको चक्रको पूर्ण अवस्थामा हरेक सल्लाह उपलब्ध गराउने काममा हामी पूर्णरुपमा सजग रहन्छौं त्यसैले हाम्रो सफलता दर पनि उच्च छ ।

Image

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई-...

Image

प्रतिवेदनमा वल्र्डलिङ्क कम्युनिकेसन लगायत नौ वटा इन्टरनेट सेवा प्रदायकले करिव दुई अर्ब ४६ करोड रकम न...

Image

धरान। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले धरानमा को...

Image

नेपाल दुरसञ्चार कम्पनी(टेलिकम)को लाइसेन्स अवधि यही वैशाख २८ गतेबाट सकिने भएकोले शनिबारदेखि नै टेलिकम...

Image

सुन्दर पिचाईले आफ्ना आमाबुवाले सधैं आफ्नो पढाइलाई महत्व दिने गरेको बताएका छन् । त्यसमा उनले पनि कहिल...

Image

सो अवसरमा उनले एनसेलले गुणस्तरीय र सुलभ खालको टेलिकम सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए । ‘‘एनसेलल...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४