तीन करोडको लागतमा कृषि बजारको भवन निर्माण शुरु

७ बैशाख २०८१

cover image

म्याग्दी । जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण शुरु भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा बेनी नगरपालिकाले वडा नं ८ कालीपुलमा कृषि बजारको भवन निर्माण शुरु गरेको हो । 

बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले रु तीन करोडको लागतमा भवन निर्माण गर्न थालिएको जानकारी दिए । “सङ्घीय सरकारको कृषि तथा पशुपक्षी बजार प्रवर्द्धन कार्यक्रमअन्तर्गत बेनी नगरपालिकामा चालु आर्थिक वर्षमा प्राप्त भएको रु ३० लाख २५ हजार बजेटबाट भवन निर्माण सुरु गरिएको छ”, उनले भने, “आगामी आवमा बजेटलाई निरन्तरता दिने सङ्घीय सरकारको प्रतिबद्धतापछि निर्माण थालिएको हो ।” 

बेनीका सबै तरकारी र मासु पसललाई एकै ठाउँबाट सञ्चालन गर्ने लक्ष्यसहित कृषि बजार भवन बनाउन लागिएको हो । एकै ठाउँमा तरकारी र मासु पसल सञ्चालन गर्दा प्रतिस्पर्धा हुने, किसानले उत्पादन गरेका सामानको बजारीकरणमा सहयोग पुग्ने वडाध्यक्ष कर्माचार्यले बताए ।   

Image

वरपर कतै चैतेधान कतै मकै लगाइएको छ । हाल खरबुजा लगाइएको क्षेत्रमा यसअघि करेलाखेती गरेकामा यसपटक खरबु...

Image

“तरकारी उत्पादन गर्दा लागत खर्च नै प्रतिकिलो रु २० जति पर्ने गरेको छ, त्यसमा ढुवानी खर्च जोड्दा रु २...

Image

पशु विकास शाखाले चालु आवभित्र रु आठ लाखमा बोकालाई खसी बनाउने मेसिन, रु पाँच लाखमा रागा बनाउने मेसिन ...

Image

म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकामा चार सय २० हेक्टरमा लगाइएको सुन्तल...

Image

“नेपालको संविधानको धारा २४ (छुवाछूतविरुद्धको हक), २९ (शोषणविरुद्धको हक) र ४० (दलित हक) विपरित अहिले ...

Image

नेपालमाको कृषि क्षेत्रको जीडीपीमा २४.०९ प्रतिशत योगदान रहेको छ । त्यस्तै, उत्पादनमूलक उद्योगको ४.८७ ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४