काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ नाराका साथ ७ वर्षसम्म स्थिर रहने गरी ९.९९ प्रतिशतमा घर कर्जा योजना सार्वजनिक गरको छ।
७ वर्ष पछि भने बैंकको प्रचलित औषत मासिक आधारदर भन्दा १ प्रतिशत बढीको प्रिमियम दर लागु हुने बैंकले जनाएको छ। बैंकका अनुसार कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्नेछ।
घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितका छुट रहेको बैंकले जानकारी दिएको छ।
सिटिजन्स बैंकले देशभर १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित इकाइहरूबाट बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ।