सिईडिबि हाईड्रोपावरले ११.५८ प्रतिशत लाभांश दिने

११ बैशाख २०८१

cover image

काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । वैशाख १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ को लागि हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी ८३ करोड ९४ लाख १० हजार रूपैयाँ रहेको छ । प्रस्तावित लाभांश सहित दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारितका लागि कम्पनीले वैशाख ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा विहान ८ बजे सभा गर्ने तयारी कम्पनीले गरेको हो । 

उल्लेखित प्रस्तावहरूसँगै सर्वसाधारण शेयरधनीको तर्फबा सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा वैशाख १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

Image

यस सहकार्य अन्तर्गत भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआइमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यु...

Image

काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मल...

Image

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन...

Image

आज युरोपियन युरो र बेलायती पाउन्डको मूल्य भने घटेको छ ।

Image

यसले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने र पूँजी, बीमा र विपद् जोखिम बजारमा ...

Image

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४