शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम भने बढ्न सकेन

१६ बैशाख २०८१

cover image

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १४.३३ अंकले बढेर एक हजार ९ सय ८० दशमलव २७ विन्दुमा बन्द भएको हो ।                                                                                   

नेप्सेमा आज २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १८० वटाको बढेको छ भने ५५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार पोखरा फाइनान्स कम्पनीको शेयरमूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ । त्यस्तै, आज प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयरमूल्य पनि ७.६२ प्रतिशतले बढेको छ ।  

आज रिभर फल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ४.६३ प्रतिशतले घटेको छ । सबैभन्दा बढि पोखरा फाइनान्स लिमिटेडको १३ करोड ५ लाख बराबरको कारोबार भएको छ ।         
 

Image

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सिर्जनशिल लघुवित्त वित्तीय संस्था...

Image

काठमाडौं । नेपालको पुँजी बजारमा शिथिलता आइरहेको बेला लगानीकर्तालाई लगा...

Image

सनराइज बैंक लिमिटेडले ७५ लाख ८८ हजार ३९७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान स...

Image

नेप्सेमा आज ३ अर्ब १२ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्...

Image

यस दिन कारोबार पनि सुस्त देखिएको छ ।

Image

ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि “ज्योति क्यापिटल निःशुल्क ड...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४