रोहितको रोमाञ्चक व्याटिंगले विस्ट विन्डिजलाई होम ग्राउण्डमा हरायो

१५ बैशाख २०८१

cover image

 काठमाडौं । नेपाली क्रिकेटका कप्तान रोहित पौडेल रोमाञ्चक व्याटिंगले नेपालले विस्टविन्डिजलाई हराएको छ । रोहितले सतक बनाएपछि  पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको हो ।

२ सय ५ रनको पाएकोे नेपालले १९.४ ओभरमा ४  विकेट बाँकी छदै गर्यो । रोहित पौडेल १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए । 

काठमाडौंको कीर्तिपुर क्रिकेट खेल मैदानमा भएको खेलमा दीपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रनको योगदान दिए । उनले यस क्रममा २ चौका र १ छक्का हिर्काए । कुशल भुर्तेल र कुशल मल्लले १६–१६ रन बनाए । खेलको अन्त्यमा गुल्सन झाले दुई चौका हिर्काउँदै टोलीलाई जित दिलाए । वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डे र ओबेड म्याकोयले २–२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । पाहुना टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा ९ चौका र २ छक्का हिर्काए । 

Image

उनले मुलपानी, विराटनगरस्थित गिरिजाप्रसाद कोइराला, बैतडीको दशरथ चन्द, कैलालीको फाप्ला र काठमाडौंको सु...

Image

जिल्लाको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’ खेलमैदानमा दुई सय ५० जना दर्शक ब...

Image

वेष्ट इन्डिज ए विरुद्ध सिरिजको अन्तिम टी–२० खेलमा नेपालले६ विकेटले जितेको छ । शनिबार कीर्तिपुरमा आयो...

Image

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेको नेपालले पहिले फिल्डिङ गरिरहेको छ। नेपाल रिसिजमा दोस्...

Image

नेपालको प्लेइङ एघारमा कप्तान पौडेलसहित कुशल भुर्तेल, अनिल कुमार शाह, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, क...

Image

उनीहरूले ३६ होलको समाप्तीमा रवि खड्कालाई दुई स्ट्रोकले पछि पारे। दिनेशले आज ४-अन्डर ६४ मा खेल सकाए। ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४