पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश

१२ बैशाख २०८१

cover image

काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति प्रक्रिया तत्काल अगाडी नबढाउन आदेह दिएको छ । बुधबार अदालतले बोर्डको सीइओ सिफारिस प्रक्रिया तत्काल अघि नबढाउन आदेश जारी गरेको हो । 

न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले यस्तो आदेश दिएको हो । सीइओ छनौट प्रक्रिया गैरकानुनी भएको भन्दै बोर्डका करिब एक दर्जन कर्मचारी उच्च अदालत पाटन पुगेका थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका विपक्षी बनाइएको थियो । 

अन्तरिम आदेशमा भनिएको छ, ‘उक्त छलफलबाट निर्णय नभएसम्म विपक्षीहरू मिलन देवकोटा र मदन कुमार आचार्य समेत रहेको कार्यकारी प्रमुख छनौटसम्बन्धी उपसमितिबाट उल्लेखित कार्यविधिका आधारमा बोर्डको कार्यकारी प्रमुख छनौट सम्बन्धी कुनै काम नगर्नु नगराउनू ।’ 

सीइओ बन्नका लागि २० जनाको आवेदन परेको छ । छनोट उपसमितिले २० जना आवेदक मध्येबाट १६ जनाको नाम सर्ट लिस्टमा राखेर सोमबारदेखि उनीहरूसँग प्रस्तुतीकरण लिएको छ । 

‘पर्यटन बोर्डको प्रमुख सिफारिस गैरकानुनी’

Image

साथै ४ वटा कन्फ्रेन्स हल, ६ सय जना भन्दा बढी क्षमताको ब्याङ्क्वेट हल, पुल बार रेस्टुरेन्टको मज्जा सम...

Image

उनका अनुसार जनवरी यता ४४ पटक उडान रद्द भएको छ । तुम्लिङटार विमानस्थलमा उडान नभएपछि दैनिक ६५ भन्दा बढ...

Image

विकासमा पछि परेको पालिका र यहाँका जनताको समस्या समाधानको विशेष ध्यान जाने उल्लेख गर्दै प्रधानमन्त्री...

Image

यस वर्ष पहिलो चार महिनामा कुल ४ लाख १३ हजार ६९ जना पर्यटक नेपाल भित्रिएका छन् ।

Image

सन् २०२४ को अप्रिलमा सबैभन्दा बढी भारतीय पर्यटक ३० हजार १५८ जना नेपाल आएका छन् । त्यस्तै, यस महिना च...

Image

उनका अनुसार स्वच्छ र शान्त वातावरणमा हिमाल नियाल्न पर्यटक घोरेपानी र पुनहिल आउने गरेका छन् । तीन हजा...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४