पर्वतारोहीबाट ६३ करोडभन्दा बढी राजस्व संकलन

१६ बैशाख २०८१

cover image

काठमाडौं । यसवर्षको हिमालको लागि स्वीकृति दिए बापत सरकारले ६३ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । पर्यटन विभागले ६ सय ७५ पुरुष र १ सय ८४ महिला गरि कुल ८ सय ५९ जनालाई  पर्वतारोहणका लागि अनुमति प्रदान गर्दा सो रकम संकलन गरेको हो  ।

पर्वतारोहीबाट कुल ६३ करोड ३६ लाख ६० हजार ६ सय ३१ राजस्व उठेको पर्यटन विभागले जानकारी दिएको हो । बसन्तयाम लागेसँगै हिमाल आरोहण गर्ने पर्यटकमा व्यापक उत्सुकता रहेको देखिन्छ । जसको कारण विगतमा झैँ हिमालमा भिड बढ्ने र पर्यावरणमा असर पर्ने भन्दै चिन्ता पनि व्यक्त भइरहेको छ ।

पर्यटन विभागले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पर्वतारोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् ।  सगरमाथा जाने कुल पर्वतारोही ३ सय ८८ जना मध्ये ३ सय १८ जना पुरुष रहेका छन् भने ७० जना महिला रहेका छन् ।

सगरमाथा आरोहण गर्न अनुमति लिएका आरोहीबाट मात्र ५५ करोड ८३ लाख ९४ हजार ४ सय ५० राजस्व संकलन भएको छ ।  पर्यटन विभागले सगरमाथा , मकालु , जुगल , अन्नपूर्ण लगायत जम्मा २७ वटा हिमालहरू पर्वतारोहणका लागि अनुमति दिएको छ ।

कुन हिमालबाट कति ? 

पर्यटन विभागले प्रस्तुत गरेको विवरण अनुसार सगरमाथा पछि ल्होत्से हिमालबाट बढी राजस्व उठाइएको छ । ल्होत्से हिमालबाट ३ करोड ९ लाख १५ हजार ३३ राजस्व उठाएको छ ।

त्यस्तै, आम दब्लम हिमालबाट ४२ लाख ५७ हजार ४ सय २० राजस्व संकलन गरेको छ  । हिमलुङ हिमालबाट १० लाख ६२ हजार ४ सय राजस्व उठाएको छ । जुगल हिमाल ( ६१८४ मि) बाट ३ लाख ३३ हजार ७५ राजस्व उठाएको छ भने अन्नपूर्ण हिमालबाट ५९ लाख  ६१ हजार ७ सय ८० उठाएको विवरणमा उल्लेख छ ।

पुथा हिउँचुली आरोहणका इच्छुकबाट  ४ लाख ६५ हजार ९ सय १५ राजस्व संकलन हुँदा  खंङगिरिरसारबाट १ लाख ६ हजार ४ सय ८० राजस्व उठेको छ ।

विश्वको तेस्रो अग्लो हिमाल कङचनजङ्घगा हिमालबाट ७४ लाख ,१४ हजार ६ सय ५० राजस्व उठाइएको छ । उता, धौलागिरि हिमालबाट ६६ लाख ९१ हजार २ सय ३० राजस्व संकलन गरिएको छ ।

तेन्कानपोचि हिमालबाट ६६ हजार ६०० राजस्व उठाइएको छ । टेङकोमाबाट १ लाख ३३ हजार २०० राजस्व उठाइएको छ । मकालु हिमाल चढ्ने  पर्वतारोहीबाट १ करोड ३६ लाख ४६ हजार ५ सय चार राजस्व संकलन भएको छ  ।

त्यस्तै, जुगल १ (६५९१ मि) बाट ५३ हजार २ सय ८० राजस्व उठाइएको छ । जुगल २ ( ६५१८ मि) बाट पनि जुगल १ बाट जति नै ५३ हजार २ सय ८० राजस्व उठाइएको छ जुगल ५ (५९२२ मि) बाट पनि १ लाख ३३ हजार १ सय ५० राजस्व उठाइएको छ ।

पुमोरी हिमालबाट २ लाख ६६ हजार १ सय २५ राजस्व संकलन गरिएको छ । लिङट्रिन हिमाल आरोहणको स्वीकृति दिए बापत ५ लाख ८४ हजार ६० राजस्व संकलन भएको छ ।

थोरोङ हिमालबाट ३३ हजार २ सय राजस्व संकलन गरिएको छ । मलङफूलङ हिमालबाट १ लाख ६ हजार ४ सय राजस्व संकलन भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

वरुण टियासइबाट ७ लाख ९८ हजार ६ सय राजस्व संकलन गरिएको हुँदा खानबचेनबाट २ लाख ३९ हजार ७ सय ६० राजस्व संकलन भएको देखिन्छ ।

नुप्त्सेबाट १९ लाख १८ हजार ८० राजस्व उठाइएको छ भने मनास्लुबाट २० हजार मात्र राजस्व संकलन भएको छ । सरिबुङ हिमालबाट ३३ हजार २ सय ९१ रुपैयाँ  राजस्व संकलन गरिएको छ । 

भेम्दङ रि हिमालबाट ३३ हजार ३ सय १२.५ राजस्व संकलन गरिएको छ । उता चोयु हिमालबाट भने २ लाख ३९ हजार ३ सय १० राजस्व उठेको छ । 

Image

केही समयअघि उजाड र सुनसान जङ्गल जस्तै लाग्ने यो ठाउँमा अहिले पर्यटकको चहलपहल निकै हुन थालेपछि व्यवसा...

Image

महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण,  वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हव...

Image

ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण गर्ने चर्चा चलेको वर्षौं भए पनि निर्माण सुरु नभएपछि यो परियोज...

Image

काठमाडौं ।  मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत...

Image

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानलाई हवाई इन्धनको मूल्य काठमाडौँमा भन्दा सस्तो गर्न पनि आग्...

Image

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४