नक्कली भुटानी प्रकरण: रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश

१३ बैशाख २०८१

cover image

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित सात जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासले आज तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मालाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्च अदालतले यससम्बन्धी मुद्दामा यसअघि उच्च अदालत पाटनले दिएको आदेश सदर गरेको छ ।

 “प्रतिवादीहरू उपर किटानी जाहेरी रहेको, निजहरूले एकअर्कालाई पोल गरी गरेको बयानको बेहोरा, पीडितहरूको घटनाविवरण कागजसमेतका तत्काल प्राप्त मिसिल प्रमाणका आधारमा निजहरूलाई मुद्दा पूर्पक्षका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०६४ को दफा ६७ बमोजिम थुनामा राख्ने गरी उच्च अदालत पाटनबाट २०८० मङ्सिर १५ गते भएको आदेश बेरितको नदेखिँदा परिर्वतन गरिरहन परेन”, आदेशमा भनिएको छ । 

जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले यसअघि पूर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध रायमाझीलगायतले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदनमाथिको सुनुवाइपछि सर्वोच्चले उच्च अदालतकै आदेश सदर गरेको हो ।

 सर्वोच्च अदालतले नक्कली भुटार्नी शरणार्थी प्रकरणमा नेपाली काङ्ग्रेसका नेता आङटावा शेर्पालाई भने रु ३० लाख नगद वा सो बराबारको जेथा जमानता वा बैंक जमानत गरी धरौटीमा छाड्न आदेश दिएको छ ।

त्यस्तै, अदालतले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा आरोपितमध्ये जिल्ला अदालतमा भएको थुनछेक बहसमा इन्कारी बयान दिएका जिमा शेर्पेनी, तेन्जी पुटी शेर्पेनी, पेम्वा शेर्पा, जिमा शेर्पा, लमडोपा शेर्पा र सोनी शेर्पालाई पुपक्र्षका लागि थुनामा राख्ने उच्च अदालत पाटनको आदेश बदर गरेको छ ।

आदेशमा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरिएका गोविन्दकुमार चौधरीलाई रु १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । चौधरीकी पत्नी निजु चौधरीले मोरङको कसेनीको जग्गा नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त केशवप्रसाद दुलालले भनेका व्यक्तिको नाममा पास गरेको पाइएकाले पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालतको आदेश बदर गर्दै रु १० लाख नगद वा त्यस बराबरको जेथा जमानत वा बैंक जमानतमा छाड्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनले रु १० लाख धरौटीमा छाड्न आदेश दिएका केन्द्रीय हज समितिका तत्कालीन अध्यक्ष शमशेर मियाँलाई पनि साधारण तारेखमा छाड्न आदेश दिएको छ ।  पीडितहरूले मियाँलाई रकम दिएको भनेर नाम उल्लेख नगरेको, उनले इन्कारी बयान दिएको र कसैले पनि मियाँको नाम पोल नगरेकाले रु १० लाख धरौटी लिने उच्च अदालतको आदेश बदर हुने ठहर गरेको सर्वोच्च अदालतले जनाएको छ ।रासस

Image

नेपाली प्रेसको वर्तमान अवस्था, यसले भोगिरहेका चुनौती र समस्याहरूका बारेमा सरकार जानकार रहेको उल्लेख ...

Image

पार्टी अध्यक्ष एवं सांसद प्रभु साहले मुलुक सञ्चालनको प्रमुख आम्दानीको स्रोत भन्सार राजस्व देशको समृद...

Image

पशुपन्छीतर्फको सचिव डा रेवतीरमण पौडेल कृषि सचिवमा सरुवा भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार...

Image

पछिल्लो तीन दशकमा नेपालको सरदर आर्थिक वृद्धि ४। २३ प्रतिशत मात्र रहेको उल्लेख गर्दै उनले त्यसको कारण...

Image

उनका अनुसार रोजगार पाउनेमा स्थानीय र केही भाडामा बसोबास गर्ने व्यक्तिको निवेदन प्राथमिकतामा परेको छ ...

Image

विपद् व्यवस्थापनबारे उपप्रधानमन्त्री लामिछानेले भने, “इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४