नेशनल हाइड्रोले विद्युत बिक्रीबाट २ करोड ९१ लाख कमायो

१४ बैशाख २०८१

cover image

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षका तेस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट २ करोड ९१ लाख ६३ हजार रूपैयाँ आम्दानी गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको यो आम्दानी २ करोड ९१ लाख ४१ हजार रूपैयाँ रहेको थियो । 

यस वर्ष विद्युत विक्री आम्दानी न्यून बढेपनि कम्पनीको प्रत्येक्ष खर्च र वित्तीय खर्च कम हुँदा नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष १ करोड ९१ लाख रूपैयाँभन्दा बढी भएको प्रत्येक्ष खर्च यस वर्ष १ करोड १७ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । जसको कारण गत वर्ष १६ लाख ३३ हजार रूपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष ८२ लाख ४४ हजार रूपैयाँ भएको छ । 

वित्तीय खर्च गत वर्ष १ करोड १२ लाख रूपैयाँभन्दा बढी भएकोमा यस वर्ष ७२ लाख ३४ हजार रूपैयाँ मात्र भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको दिर्घकालिन कर्जा ३५ करोड २६ लाख रूपैयाँभन्दा बढी र अल्पकालिन कर्जा ४ करोड ५१ लाख रूपैयाँभन्दा बढी छ । 

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ४६ करोड ७१ लाख रूपैयाँभन्दा बढी छ भने शेयर प्रिमियमा १ करोड ९३ लाख रूपैयाँभन्दा बढी रहेको छ । वार्षिक ३७ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०१ रूपैयाँ ३३ पैसा छ । 
 

Image

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरै जसो रु ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन...

Image

प्रधानमन्त्री प्रचण्डले ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्ध...

Image

कार्यशाला उदघाटनमा एडिस कर सञ्चालक समितिका तर्फबाट एलिस्टेयर लोबोले बोलेका थिए । उनले कार्यशालाको उद...

Image

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छ...

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल...

Image

प्रधानमन्त्री दाहालले आयोजनामा राम्रो काम गर्ने कर्मचारीको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठो...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४