नेपाल लाइफले अधिकतम ८५ रूपैयाँसम्म बोनस दिने

१६ बैशाख २०८१

cover image

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको बीमालेखमा अधिकतम ८५ रूपैयाँसम्म बोनस दर दिने भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दरलाई आधार मान्दा अन्य (जीवन) सारथी नामको बीमालेख अन्तर्गत २६ देखि ३० वर्ष र ३० वर्षभन्दा माथी अवधिको बीमालेखमा ८५ रूपैयाँ बोनस दर दिने भएको हो । 

उच्च बोनस दर रहेको यो बीमालेख हालसम्म ३२७ ओटा जारी भएको जानकारी कम्पनीले दिएको छ । अन्य (जीवन सारथी) नामको बीमालेखमा १० वर्षसम्मका लागि ६२ रूपैयाँ , ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिको बीमालेखमा भने ६२ रूपैयाँ बोनस दर निर्धारण गरिएको छ । यसै बीमालेख अन्तर्गत २१ देखि २५ वर्ष अवधिको लागि भने ७२ रूपैयाँ बोनस दर निर्धारण गरिएको कम्पनीको भनाई छ । 

कम्पनीले विभिन्न १० बीमालेख जारी गरेको छ । सावधिक बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी सुनिश्चित भविश्य तथा शिक्षा जीवन बीमा , जीवन लक्ष्मी , जीवन उदय ) मा न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ८२ रूपैयाँ, सावधिक जीवन बीमालेख ( नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा) मा न्यूनतम ६५ रूपैयाँदेखि अधिकतम ८२ रूपैयाँ, सावधिक जीवन बीमा (जीवन समुन्नत) मा न्यूनतम ५६ रूपैयाँदेखि अधिकतम ७० रूपैयाँ, सावधिक जीवन बीमालेख (सुनौलो भविश्य जीवन बीमा योजना ।

विकल्प १/विकल्प २ मा न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ६५ रूपैयाँ, सावधिक जीवन बीमालेख सुनौलो भविश्य जीवन बीमा योजना (विकल्प १) एक बीमाशुल्क मा न्यूनतम ५५ रूपैयाँदेखि अधिकतम ६० रूपैयाँ, सावधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन) मा न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ८२ रूपैयाँ, अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन समृद्धि) मा ५० रूपैयाँ, अग्रिम भुक्तानी सावधिक बीमालेख (धनवर्षा–१५ वर्ष, धन वर्षा–२० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदाबहार जीवन) मा ५० रूपैयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन समृद्धि) मा ५१ रूपैयाँ बोनस दर कायम गरिएको छ । यो बोनस दर प्रतिहजार रूपैयाँका आधारमा वितरण हुनेछ । आर्थिक वर्ष ०७९÷८० को लागि प्रति वर्ष प्रति हजार बीमाङ्कमा लागू हुने जानकारी कम्पनीले दिएको छ । 
 

Image

कम्पनीले अन्तरिम लाभांश प्रस्ताव गरी भोलीपल्टनै स्थगित गरेको विषयलाई लिएर नेप्सेले शेयर कारोबार रोक्...

Image

१० प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर १ अर्ब ६४ करोड ४२ लाख रूपैयाँभन्दा बढी कायम गरेको कम्पन...

Image

कम्पनीले ९ महिनासम्म ३९ करोड २ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । गत वर्षको तुलनामा यस वर्ष कम...

Image

यस वर्ष कम्पनीको कुल आम्दानी साढे ९० प्रतिशतभन्दा बढी भएकाले खुद नाफामा सकारात्मक प्रभाव परेको हो । ...

Image

१६औं वार्षिक साधारण सभाबाटै कम्पनीले १० दशमलव २६ प्रतिशत बोनस शेयर समेत पारित गरेको थियो । उक्त बोनस...

Image

सनराइज बैंक लिमिटेडले ७५ लाख ८८ हजार ३९७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान स...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४