नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित

२७ चैत्र २०८०

cover image

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन । काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको ७३ औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यवसायिक अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातोकोत्तर गरेका छन । 

निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण एवं शुभकामना व्यक्त गरे । चेम्बरको नया“ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन । यस्तै वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ,  उद्योगतर्फ दिपक श्रेष्ठ, बस्तुगत संघतर्फ सुरेन्द्र कुमार श्रेष्ठ, द्धिराष्ट्रियमा निलकण्ठ चौलागाई र जिल्ला तर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे निर्विरोध निर्वाचित भएका हुन । 

७३ औं वार्षिक साधारणसभाले अर्जुन प्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ । ७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनित बाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन । 

Image

काठमाडौं ।  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको  निमन...

Image

सूचना प्रविधिको अभूतपूर्व विकासपछि जान्नेहरुका लागि यो प्रविधि निकै उपयोगी भएको छ । व्यापार गर्नेहरू...

Image

‘नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ १०० –एक सय) दरको बैंक नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपाल...

Image

यसै सम्वन्धमा कम्पनीका अध्यक्ष आनन्द वगडियाले कम्पनीले प्रदान गर्ने सेवा र सुविधाको अवधारणा अधिक जनम...

Image

सम्मान कार्यक्रममा चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला चेम्बरकी संस्थापक अध्...

Image

उनका अनुसार पूर्वी खण्डमा हालसम्म ५७ प्रतिशत कार्य प्रगति भएको छ । पृथ्वी राजमार्ग सडकअन्तर्गत सदरमु...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४