मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण, कति लाग्छ शुल्क ?

१४ बैशाख २०८१

cover image

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित  मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट चढ्न सर्वसाधारणको आकर्षण बढेको छ । जिल्लामै पहिलो पटक सञ्चालन भएको मोटरबोटले सर्वसाधारणको ध्यान खिचेको हो । 

पृथ्वीराजमार्ग भएर यात्रा गर्ने सवारीसाधन रोकेरै मोटरबोटमा शयर गरी गन्तव्यतर्फ जाने गरेका छन् । यसका अतिरिक्त आँबुखैरेनी आसपासबाट पनि सर्वसाधारण यहाँ आउने गरेका छन् । परिवारसहित मोटरबोट शयर गर्न पुग्नुभएका जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले गर्मी मौसममा निकै आनन्दित महसुस भएको बताए । उनले भने, “सञ्चालनको छोटो अवधिमै यसले सर्वसाधारणको ध्यान खिचेको छ । पर्यटन प्रवद्र्धनका लागि यो कोसेढुङ्गा सावित त हुने नै छ । साथै आँबुखैरेनी गाउँपालिकालाई आम्दानीका हिसाबले टेवा मिल्नेछ ।”

तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु निवासी भीमलाल श्रेष्ठले गर्मी मौसममा मोटरबोट शयर गर्दा शीतलताको अनुभव गर्न सकिने बताए । उनले भने, “कामका सिलसिलामा राजमार्गमा यात्रा गर्दा मोटरबोट शयर गरेर आयौँ, नदीमा मोटरबोट चढेर दौडिँदा आनन्द आयो ।” आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो । मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो ।

मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरी गाउँपालिकाले उक्त कम्पनीसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको हो । जलाशय नजिक प्रसिद्ध धार्मिकस्थल अल्कादेवी पनि रहेकाले धार्मिक पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने गाउँपालिका अध्यक्ष शुक्र चुमानको भनाइ छ । साथै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने उनले बताए । 

जलाशयमा तत्कालका लागि रु एक करोडको लगानी गरिएको बोटेबोराका सञ्चालक विष्णु ढकालले जानकारी दिए । मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास गर्न सकिने उनको भनाइ छ । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिएको छ । 

कम्पनीले थप रु तीन करोड लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टर सहितको संरचना बनाउने योजना बनाएको छ । यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको ढकालले जानकारी दिए । 

मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक–फरक शुल्क कायम गरिएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटरबोटमा शयर गर्न रु दुई सय ५० प्रतिव्यक्ति, १० देखि १२ मिनेटसम्मको लागि प्रतिव्यक्ति रु पाँच सय र १५ देखि २० मिनेटसम्म शयर गर्नका लागि प्रतिव्यक्ति रु एक हजार शुल्क लाग्ने जनाएको छ । 

Image

छुट आमाले मात्रै खेल्दा सम्म पनि पाइने कम्पनीले जनाएको छ । छुट अफर बुधबारदेखि तीन दिनसम्म रहनेछ । वर...

Image

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्र...

Image

विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका...

Image

पछिल्लो एक दशकमा सगरमाथा आधार शिविर भासिँदै गएको करिब १५ वर्षदेखि सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय ग...

Image

यस आर्थिक वर्षमा करिब तीन किलोमिटर दूरीको पदमार्ग तयार हुने जानकारी दिँदै उनले उक्त मार्गका १० स्थान...

Image

होमस्टे सञ्चालक समितिका अध्यक्ष उत्तम गुरुङ अम्बोटे ‘होमस्टे’मा स्थानीय स्तरमा उत्पादित अग्र्यानिक ख...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४