महालक्ष्मी विकास बैंकले दियो आगलागी पीडितलाई राहत

१६ बैशाख २०८१

cover image

काठमाडौं । महालक्ष्मी विकास बैंकले आगलागी पीडितलाई राहत दिएको छ । बैंकले महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागीका कारण घरबार विहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको हो । 

बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख पचास हजार रुपैयाँ बराबरको सामाग्री दिएको ट । बैंकले ७५० केजी आटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, ४५० वटा नुहाउने र लुगा धुने साबुन र १५० काटुन चाउचाउ लगायतका खाद्यान्नहरू सहयोग गरेको हो ।

बुधवार मटिहानी नगरपालिका वडा नं ६ मा लागेको उक्त आगोले १०० भन्दा बढी घर पूर्णरूपमा जलेर खरानी भएका छन् भने ५० जति अन्य घरमा क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ । मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र बैंकको मधेस प्रादेशिक कार्यालयका प्रमुख सुदिप चन्द« पोखरेलले जनकपुर शाखाका कर्मचारीहरूको सहभागितामा पीडित परिवारहरूलाई उक्त राहत सामाग्री हस्तान्तरण गरेका थिए ।     

 

Image

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो फिट लाइफ क्लबबाट सेवा लिए बापत कुनै पनि भुक्त...

Image

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवा...

Image

फाइनान्सले मासिक रूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरूको सूची मध्...

Image

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री ढकालले कर्मचारीहरूले वर्षौँदेखि बैंकमा गरेको समर्पण प्रति ह...

Image

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आई रु.४ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक...

Image

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंगलबार (वैशाख २५) गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ५ खर्ब...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४