मार्ग खुलेको चौबिस वर्षपछि सडक स्तरोन्नति

१४ बैशाख २०८१

cover image

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ । बेनी–बागलुङ सडक अन्तर्गत रत्नेचौरको पिपलडाँडादेखि दमाहचौतारा जोड्ने सडक मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति भएको हो । 

विसं २०५७ मा तत्कालीन गाविसको रु ८१ हजार बजेटमा बेनी–बागलुङ सडकको किराखोरस्थित प्रतीक्षालयबाट दमाहचौतारासम्म करिब तीन सय मिटर सडकको मार्ग खोलिएको थियो । दुई सयभन्दा बढी घरधुरी रहेको रत्नेचौरको मुख्य बस्तीभित्र यसअघि निर्माण भएको सडकलाई ढलान र विस्तार गरेर धिमालथर पुर्याइएको उपभोक्ता समितिका अध्यक्ष ओम रोकाले बताए । 

गण्डकी प्रदेश सरकारको रु अठ्ठाइस लाख ८० हजार अनुदान र उपभोक्ताको रु तीन लाख २० हजार तीन सय ५३ बराबरको श्रमदानमा योजना निर्माण भएको उनले जानकारी दिए । एक सय ६५ मिटर दुरीमा सडक ढलान, एक सय ३९ मिटर पक्की नाली र एक सय १५ घनमिटर मेसिनरी पर्खाल निर्माण गरिएको छ ।  

गतवर्ष बेनी नगरपालिकाले विनियोजन गरेको रु आठ लाख बजेटबाट किराखोर प्रतिक्षालयदेखि एक सय ५४ मिटरदुरीमा पिसिसी ढलान र १०।१३ घनमिटर मेसिनरी पर्खाल निर्माण भएको थियो । सडक ढलान र नाली निर्माण भएपछि बर्खामा हिलो र हिउँदमा धुलोको समस्या हटेको स्थानीयवासी ईश्वर रावलले बताए । स्थानीयवासी निर्मला शर्माका अनुसार सो सडकमा पानी पर्दा सडक चिप्लो भएर लड्ने र हिउँदमा धुलोको समस्या थियो ।

विपद् न्यूनीकरण, वातावरणमैत्री र रोजगारी सिर्जनाका लागि डोजरको विकल्पमा मजदुर परिचालन गरेर सडक स्तरोन्नति गरिएको छ । उपभोक्ता समितिका सचिव कृष्ण रावलले बस्तीभित्र डोजर र ब्याकुहोलोडर चलाउँदा विपद् निम्तने भएकाले मजदुर परिचालन गरेको बताए । “ब्याकुहोलोडर ल्याएर भित्ता काट्ने, नाली खन्ने र सम्माउने काम गर्न सकिन्थ्यो तर विपद्को जोखिम घटाउन मजदुर परिचालन गरेका हौँ,” उनले भने, “करिब दुईमहिना दैनिक पाँचदेखि १४ जनासम्म मजदुरले सडक निर्माणको काम गरेका थिए ।”

विकाससँगै स्थानीयवासीलाई रोजगारीको अवसर सिर्जना भएको छ । सडक निर्माणमा खटिएका मजदुरका लागि स्थानीयवासीले स्वेच्छिक रुपमा पालो लगाएर खाजाको व्यवस्थापन गरेका छन् । धिमालथर तर्फ नयाँ मार्ग खोल्नका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु तीन लाख बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले रत्नेचौरको सडक योजनामा जनसहभागिता जुटाएर उपभोक्ता समितिले लक्ष्य अघिनै काम सकेकामा खुसी व्यक्त गरे ।   

Image

ट्रयाक खुलेसँगै पर्वतको विहादी गाउँपालिकामा पर्ने विश्वकै ठूलो शालिग्राम शिला भएको स्थान सेतीवेणीसम्...

Image

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएक...

Image

“काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याविन वाल पूर्ण रूपमा ...

Image

बैठकले मार्तडी–कोल्टी सडकखण्डमा यातायात व्यवासयीसँग रात्रिबसको हकमा आठ वर्ष ननाघेका तथा दिवाबसको हकम...

Image

“गलकोटमा धेरै वर्ष अगाडिदेखि सडक खुल्न थालेका थिए, नगरपालिका स्थापना भएर जनप्रतिनिधि आएपछि सुरुका वर...

Image

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार वैशाख १५ सम्म पूर्व...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४