एजेन्सी । हिन्द महासागरमा सामरिक र रणनीतिक महत्वको देश माल्दिभ्समा सुक्ष्म व्यवस्थापन गर्न चाहेको भारतले यतिखेर नयाँ फण्डा फालिरहेको छ ।
भारतीय पर्यटकमा अधिकतर निर्भर माल्दिभ्सलाई झुकाउन आफ्नै टापु लक्ष्यद्वीपलाई प्रचारमा ल्याउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै लागिपरेका छन् ।
यही प्रयासस्वरुपः उनी सन् २०२४ को शुरुमै लक्ष्यद्वीप पुगे र भने : अब लक्ष्यद्वीप भारतीय पर्यटकको बलियो सामुद्रिक गन्तव्य हुनेछ । सत्तापक्षीय भारतीय मिडियाहरूले पनि चीनपरस्त माल्दिभ्सलाई सबक सिकाउने भन्दै लक्ष्यद्वीपको सक्दो प्रचार गरिरहेका छन् ।
लक्ष्यद्वीप पुग्न यातायातको त समस्या छँदैछ, सँगै त्यहाँ पर्यटक बस्ने सुविधायुक्त वासस्थान पनि निकै कम छ । होटलहरूमा पनि धेरै सुविधा विस्तार गरिएको छैन ।
तर के वास्तवमै सुन्दर पर्यटकीय टापु मुलुक माल्दिभ्सलाई प्रतिस्थापन गर्नेगरी भारतीय टापु लक्ष्यद्वीप पर्यकीय गन्तव्य बन्न सक्छ त ? बीबीसी हिन्दीले एक प्रेस रिभ्यू गर्दै माल्दिभ्सविरोधी मोदी फण्डा सफल हुन असम्भव रहेको लेखेको छ ।
यसबीच मोदीले चलाएको लक्ष्यद्वीपको चर्चाको एउटा वास्तविक यथार्थ के हो भने आम मानिसदेखि नाम चलेका पात्रहरूले समेत लक्ष्यद्वीप जाने चर्चा गरेका छन् । केही ट्राभल कम्पनीहरूले माल्दिभ्सको बुकिङ स्थगित गरेको पनि जनाएका छन् ।
तर यी कुराहरूले लक्ष्यद्वीप जाने पर्यटकको संख्यामा खास वृद्धि देखिएको छैन । माल्दिभ्सको तुलनामा लक्ष्यद्वीप जाने पर्यटकको संख्या निकै कम छ । यसका पछाडि कयौं खास कारणहरू छन् ।
माल्दिभ्सको तुलनामा लक्ष्यद्वीप पुग्न मुस्किल छ । लक्ष्यद्वीप पुग्न पहिले केरल जानुपर्छ र त्यहाँबाट कोची पुग्नुपर्छ । कोच्चीबाट पनि अगाट्टी पुग्ने विमान समात्नुपर्ने हुन्छ, जुन उडान दिनमा एकपटक मात्रै हुन्छ ।
यो उडानको टिकट सन् २०२४ मार्चसम्म उपलब्ध छैन अर्थात् भएका टिकट बिक्री भइसकेको छ । यद्यपी लक्ष्यद्वीपसम्म कोच्चीबाट पानीजहाजमा पनि यात्रा भर्न सकिन्छ । तर, यो यात्रा निकै लामो हुन्छ ।
स्वच्छ पिउने पानी पनि लक्ष्यद्वीपको अर्को समस्या हो । अध्ययनहरू गर्दा लक्ष्यद्वीपमा भूमिगत जलस्रोतको तह घटेको पाइएको छ ।
लक्ष्यद्वीप जानेमध्ये विदेशी पर्यटकको संख्या १० प्रतिशत हाराहारीमात्र छ । कोरोना महामारीका कारण यो संख्या थप घटेको छ ।
हालैका दिनमा भारत सरकारले लक्ष्यद्वीप पुग्ने यात्रालाई सुधार्ने जनाएको छ । यस निम्ति मोदी सरकारले अगाट्टीको विमानस्थल विस्तार गर्नुपर्ने हुन्छ । मिनिकायमा पनि सैन्य र नागरिक आवश्यकता मध्यनजर गर्दै एअरफिल्ड विकास गर्नुपर्ने हुन्छ ।
यसो गर्दा लक्ष्यद्वीपमा केही बढी यात्री त पुग्न सक्छन् । तर, पर्यावरणसँग जोडिएका चासोलाई भारतले तत्काल सम्बोधन गर्नसक्ने छैन । यस्तोमा लक्ष्यद्वीपको तुलनामा माल्दिभ्ससँग गर्दा त्यहाँ १८ विमानस्थल छन् । ती मध्ये पाँच त अन्तरराष्ट्रिय उडान भर्नसक्ने विमानस्थल हुन् ।
भारतबाट कम्तिमा २० हवाई सेवाप्रदायक कम्पनीले वर्षैभरी माल्दिभ्समा उडान भर्छन् । सन् २०२३ मा १८ लाख पर्यटक माल्दिभ्स पुगेका थिए, जसमध्ये अधिकांश भारतीय थिए ।
लक्ष्यद्वीपका चुनौती
लक्ष्यद्वीप पुग्न यातायातको त समस्या छँदैछ, सँगै त्यहाँ पर्यटक बस्ने सुविधायुक्त वासस्थान पनि निकै कम छ । होटलहरूमा पनि धेरै सुविधा विस्तार गरिएको छैन ।
क्षेत्रफलका हिसाबले पनि अण्डमान निकोबार टापु या माल्दिभ्सभन्दा लक्ष्यद्वीप निकै सानो छ । यो द्वीपको क्षेत्रफल जम्माजम्मी ३२ वर्गकिलोमिटर छ । लक्ष्यद्वीप प्रशासनका अनुसार पर्यटकका लागि त्यहाँ १७६ बेड उपलब्ध छ । यसमा टेन्ट रिसोर्टका ५२ बेड पनि गणना गरिएको छ ।
भारतको नीति आयोगका अनुसार लक्ष्यद्वीपमा पर्यटकका लागि सुविधा त बढाउन सकिन्छ, तर त्यसका लागि कम्तिमा ८ अर्ब ६ करोड भारतीय रुपैयाँ खर्च गर्नुपर्छ ।
मोदीले लक्ष्यद्विमा पर्यटन बढाउने भन्दै ठूला व्यापारिक घरानाहरूलाई लगानी घोषणा गर्न लगाइरहेका छन् । सो मध्ये एक टाटा कम्पनीले लक्ष्यद्वीपका दुई टापुमा सन् २०२६ सम्म पर्या–पर्यटकीय रिसोर्ट खोलिसक्ने दाबी गरेको छ ।
बस्ने ठाउँ नभएकै कारणले लक्ष्यद्वीप प्रशासनले यात्रीहरूलाई दिनमा टापु घुम्न र रातमा जहाजमै बस्ने प्याकेज कार्यान्वयन गर्न खोजेको छ । यसो गर्दा लक्ष्यद्वीपमाथि दबाब कम हुने अपेक्षा छ ।
लक्ष्यद्वीपमा जति पनि जमिन छ : यो व्यक्तिको नाममा छ । बेलायती उपनिवेशदेखि नै लक्ष्यद्वीपका केही टापु व्यक्तिकै नाममा छ । यस्तो अवस्थामा मुआब्जा दिएर जमिन अधिग्रहण गर्न खोजे पनि जग्गाधनीले अदालत गुहार्न सक्छन् ।
स्वच्छ पिउने पानी पनि लक्ष्यद्वीपको अर्को समस्या हो । अध्ययनहरू गर्दा लक्ष्यद्वीपमा भूमिगत जलस्रोतको तह घटेको पाइएको छ । हालै इजरायलले लक्ष्यद्वीपमा पानीलाई पिउनलायक बनाउन एक परियोजना शुरु गरेको छ ।
करावटी टापुमा बन्ने जल प्रशोधन केन्द्रको क्षमता प्रतिदिन एक लाख लिटरमात्रै हो । त्यो पानी पनि तीन दिनमा एकपटक वितरण गर्ने योजना छ । बंगाराम वाटरप्लान्टबाट पनि प्रतिदिन ५० हजार लिटर पानीमात्रै प्रशोधन हुन्छ ।
लक्ष्यद्वीपका सांसद् मोहम्मद फैजुलले टाइम्स अफ इन्डियालाई बताएका छन् कि माल्दिभ्सले जसरी पानी व्यवस्था गरेको छ, लक्ष्यद्वीपमा त्यसो गर्नु पर्यावरणीय दृष्ट्रिले जोखिमपूर्ण छ । उनी भन्छन्, लक्ष्यद्वीपको भौगोलिक स्थिति नै यस्तो छ कि दक्षिण–पश्चिमी मनसुनका बेला हावा सीधै टापुमा ठोक्किन्छ । पानी प्रशोधन केन्द्र खोले हावाले त्यसैलाई क्षति पुर्याउँछ । संरचना बलियो बन्छ र त्यसले पर्यावरणमा क्षति पुर्याउँदैन भन्ने कुनै ग्यारेन्टी छैन ।
अर्कातर्फ लक्ष्यद्वीपमा जति पनि जमिन छ : यो व्यक्तिको नाममा छ । बेलायती उपनिवेशदेखि नै लक्ष्यद्वीपका केही टापु व्यक्तिकै नाममा छ । यस्तो अवस्थामा मुआब्जा दिएर जमिन अधिग्रहण गर्न खोजे पनि जग्गाधनीले अदालत गुहार्न सक्छन् ।