लगानी सम्मेलनमा सबैभन्दा बढी चिनियाँ लगानीकर्ता

१६ बैशाख २०८१

cover image

काठमाडौं । तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे ।

सम्मेलनस्थलमा २३ वटा प्रदर्शनी कक्ष राखिएका छन् भने सहभागी एवम् लगानीकर्ताले ती प्रद्धर्शनीकक्षमार्फत् विभिन्न परियोजनाबारे विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको लगानी सम्मेलन सचिवालयले जनाएको छ ।

सम्मेलनका क्रममा विभिन्न १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान (ईओआई) गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउण्डिङ गरिने र निजी क्षेत्रबाटसमेत गरी कुल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् ।

सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार ६०० भन्दा बढी व्यक्तिको सहभागिता छ । जसमध्ये सबैभन्दा बढी चिनियाँ लगानीकर्ताहरु सम्मेलनमा सहभागी छन् । सम्मेलनमा  ३५० भन्दा धेरै लगानीकर्ता चीनबाट सहभागी रहेकाेमा त्यसपछि भारतबाट करिब १५० लगानीकर्ताले सहभागिता जनाएका छन् ।

तथ्यांक हेर्दा नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरु आकर्षित रहेकाे देखिन्छ । सन् २०२१ मा विदेशी लगानीमा नेपालमा खुलेका उद्योगहरुमध्ये १४० वटामा चिनियाँ लगानी रहेको थियो । त्यो संख्या भनेको विदेशी लगानीमा खुलेका उद्योगहरूको कूल सङ्ख्याको ७६ प्रतिशत हो । 

जबकि हामीले अपेक्षा गरेअनुसार भारतीय लगानीकर्ताहरूले पनि ठूलो सङ्ख्यामा नेपालको उद्योग खोलेको हुनुपर्ने हो । तर, सो वर्ष जम्मा ९ वटा उद्योगहरू मात्रै भारतीय लगानीमा नेपालमा स्थापना भएका थिए । जुन कुल सङ्ख्याको ४.८ प्रतिशत मात्रै हुन आउँछ । 

चिनियाँहरुले नेपालमा यसरी आक्रामक ढङ्गले लगानी गर्न थालेपछि उनीहरूको लगानी निरुत्साहित गर्न विभिन्न कोणबाट चलखेलहरू भए । चिनियाँ लगानीमा अगाडी बढिरहेका परियोजनाहरू एकाएक खोसेर भारतीयलाई जिम्मा दिने काममा सरकार नै सक्रिय बन्यो । त्यतिले मात्रै नपुगेर चिनियाँ ठेकेदारहरूले नेपालमा काम नगरेको भन्ने भाष्य योजनाबद्धरुपमा नेपाली समाजमा स्थापित गराइने काम भयो । 

त्यसबाहेक नेपालमा प्रमुख लगानीको क्षेत्र रहेको जलस्रोतमा आफ्नो बाहेक अन्य मुलुकको लगानी रहेको भए ती परियोजनाबाट उत्पादित बिजुली नकिन्ने भारतीय भनाइले चिनियाँ मात्रै नभएर अन्य देशका लगानीकर्ताहरूलाई पनि नेपालमा लगानी गर्न प्रमुख आकर्षककारुपमा रहेको जलविद्युत क्षेत्रबाट लगानीकर्ताहरूलाई विमुख बनाएको छ । 

यसरी चिनियाँहरूले निरुत्साहित गरेपछि सन २०२३ मा भने त्यो आँकडा नै परिवर्तन भयो । पहिले चीन अगाडी रहेकोमा भारतबाट ८८ अर्ब ६ करोड रुपैयाँ वैदेशिक लगानी नेपाल भित्रिदा चीनबाट ३३ अर्ब ४ करोडको मात्रै लगानी आएको देखिन्छ । 

यसअघि २०७३ र २०७५ मा नेपालमा लगानी सम्मेलन गरिएका थियाे । पहिलो लगानी सम्मेलनमा २३ देशका दुई सय ५० जना र दाेस्राे लगानी सम्मेलनमा ४० देशका सात सय बढी लगानीकर्ता सहभागी थिए ।

सम्मेलनको संयोजन गरेको लगानी बोर्डका अनुसार पहिलो सम्मेलनमा १४ खर्ब बराबरको प्रतिबद्धता प्राप्त भएको थियो भने दोस्रोमा २३ खर्ब बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो । यद्यपि, प्रतिबद्धता भएअनुसार लगानी भने नेपालमा भित्रिन सकेको छैन ।

Image

मन्त्री पुनले उद्योग व्यवसायमा पनि धेरै राम्रा मानिसहरु रहेको भन्दै सरकार निजी क्षेत्रलाई अघि लगाएर ...

Image

कार्यक्रममा साना तथा घरेलु उद्योग  महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले  उद्योगीहरुलाई कोभिड १९ ले पन...

Image

भने तत्काल भविष्यमा कम्पनीले क्रमश ३०० बाइ ४५० को वाल टाइल र ६००बाइ १२०० को जिभिटी र पिजिभिटी टाइल उ...

Image

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई रु.११७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको...

Image

ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण गर्ने चर्चा चलेको वर्षौं भए पनि निर्माण सुरु नभएपछि यो परियोज...

Image

गत वर्ष ५ अर्ब ११ करोड रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले ४ अर्ब ६९ करोड रूपैयाँभन्दा बढी ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४