लगानी सम्मेलनमा दुई वटा सम्झौता

१६ बैशाख २०८१

cover image

काठमाडौं । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुई वटा सम्झौता भएका छन् ।

सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको छ । 

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गरेका हुन् ।

त्यसैगरी डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच सम्झौता भएको छ । डाटा सेन्टर स्थापनाका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो ।

बीएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरे ।

Image

आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९१ पैसा पुगेको छ । युरोपियन यु...

Image

मन्त्री पुनले उद्योग व्यवसायमा पनि धेरै राम्रा मानिसहरु रहेको भन्दै सरकार निजी क्षेत्रलाई अघि लगाएर ...

Image

कार्यक्रममा साना तथा घरेलु उद्योग  महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले  उद्योगीहरुलाई कोभिड १९ ले पन...

Image

भने तत्काल भविष्यमा कम्पनीले क्रमश ३०० बाइ ४५० को वाल टाइल र ६००बाइ १२०० को जिभिटी र पिजिभिटी टाइल उ...

Image

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई रु.११७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको...

Image

ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण गर्ने चर्चा चलेको वर्षौं भए पनि निर्माण सुरु नभएपछि यो परियोज...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४