लगानी सम्मेलन : पहिलो दिन एक दर्जन परियोजनाका लागि आशयपत्र आह्वान

१६ बैशाख २०८१

cover image

काठमाडौं । लगानी बोर्डले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको पहिलो दिन एक दर्जन परियोजनाका लागि आशयपत्र आह्वान गरेको छ । बोर्डले औधौगिक पार्क, प्रदर्शनी केन्द्र, जलविद्युत परियोजना, अस्पताल, सार्वजनिक यातायातलगायतका परियोजनाका लागि आशयपत्र मागेको हो । 

बोर्डले सूचीको पहिलो नम्बरमा पोखरा सम्मेलन केन्द्रलाई राखेको छ । सरकारले पोखरा नयाँबजारस्थित हाल प्रदर्शनी केन्द्र रहेको जग्गामा दुई हजार जना अट्ने सम्मेलन केन्द्र बनाउने तयारी गरेको थियो । कुल एक अर्ब ६१ करोड लागत लाग्ने अनुमान गरिएको उक्त परियोजनाका लागि स्रोत सुनिश्चित हुन नसकेपछि काम अघि बढ्न सकेको छैन ।

चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेसवेका लागि पनि आशयपत्र माग गरिएको छ । २ खर्ब २१ अर्ब १२ करोड लागत अनुमान गरिएको यो परियोजना सम्पन्न भएमा चन्द्रागिरिबाट पालुङ हुँदै चितवनको दूरी एक घण्टामा छोट्टिने पूर्वानुमान गरिएको छ ।

यस्तै ‘दि जानकी हेरिटेज होटेल एण्ड कल्चरल भिलेज’ प्रोजेक्ट सूचीमा राखिएको छ । राम र सीताको विवाह भएको ऐतिहासिक महत्व रहेको जनकपुरमा विवाह पर्यटनलाई वृद्धि गर्ने उद्देश्य राखिएको यस परियोजनाको लागत अनुमान अढाई अर्ब रहेको छ ।

बोर्डले धुलिखेल मेडिसिटी आयोजना र गौतमबुद्ध प्रसूति अस्पतालका लागि स्वास्थ्य क्षेत्र दुईवटा परियोजनामा लगानी गर्न इच्छुक कम्पनीसँग पनि आशयपत्र मागेको छ । धुलिखेल मेडिसिटी आयोजनाको लागत अनुमान ११ अर्ब र गौतमबुद्ध प्रसूति अस्पतालको लागत अनुमान १ अर्ब ४४ करोड रुपैयाँ छ ।

सुदूरपश्चिम सार्वजनिक यातायातको परियोजनाका लागि पनि आशयपत्र आह्वान गरिएको छ । यसको प्रस्तावित लागत ३१ अर्ब १३ करोड रुपैयाँ छ । १७२ बस र ४७ बसबिसौनी प्रस्ताव गरिएको यो परियोजना लागू भएमा कैलाली, कञ्चनपुर र डोटीको यातायात अवस्था सुधार हुनेछ ।

यस्तै बबरमहल प्रशासनिक प्लाजा निर्माण योजना पनि बोर्डले समेटेको छ । उक्त परियोजनाको लागत १० अर्ब २० करोड अनुमान गरिएको छ । 

लगानी सम्मेलनको अवसर पारेर यसपटक तीनवटा जलविद्युत परियोजनाका लागि आशयपत्र माग गरिएको छ । जसमा नौमुरे बहुउद्देश्यीय आयोजना, ६५० मेगावाट कालिगण्डकी-२ जलविद्युत आयोजना र खिम्ती थोसे जलविद्युत आयोजनाका लागि आशयपत्र आह्वान गरिएको छ । नौमुरेको ९२ अर्ब रुपैयाँ, कालिगण्डकी-२ को एक खर्ब ७४ अर्ब ७३ करोड रुपैयाँ र खिम्ती थोसेको  २ खर्ब ८९ अर्ब ७७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

यस्तै कञ्चनपुरको बेदकोटमा निर्माण गर्ने भनिएको देजी औद्योगिक पार्कका लागि पनि आशयपत्र माग भएको छ । सुदूरपश्चिमको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य राखिएको यस परियोजनाको प्रस्तावित लागत ८ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

Image

आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९१ पैसा पुगेको छ । युरोपियन यु...

Image

मन्त्री पुनले उद्योग व्यवसायमा पनि धेरै राम्रा मानिसहरु रहेको भन्दै सरकार निजी क्षेत्रलाई अघि लगाएर ...

Image

कार्यक्रममा साना तथा घरेलु उद्योग  महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले  उद्योगीहरुलाई कोभिड १९ ले पन...

Image

भने तत्काल भविष्यमा कम्पनीले क्रमश ३०० बाइ ४५० को वाल टाइल र ६००बाइ १२०० को जिभिटी र पिजिभिटी टाइल उ...

Image

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई रु.११७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको...

Image

ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण गर्ने चर्चा चलेको वर्षौं भए पनि निर्माण सुरु नभएपछि यो परियोज...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४