लगानी सम्मेलन : आज यी ८ परियोजनामा आशयपत्र आह्वान हुँदै

१७ बैशाख २०८१

cover image

काठमाडौं । आइतबारदेखि काठमाडौंमा सुरु तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिँदै छ । जसमध्ये १२ आयोजनाका लागि पहिलो दिन आशयपत्र आह्वान भइसकेको छ । नेपाली लगानी बोर्डका अनुसार आज थप ८ परियोजनाका लागि आशयपत्र आह्वान गरिँदैछ ।

बोर्डले आइतबार औधौगिक पार्क, प्रदर्शनी केन्द्र, जलविद्युत परियोजना, अस्पताल, सार्वजनिक यातायातलगायतका परियोजनाका लागि आशयपत्र मागेको थियो । पोखरा सम्मेलन केन्द्र, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेसवे, दि जानकी हेरिटेज होटेल एण्ड कल्चरल भिलेज, धुलिखेल मेडिसिटी आयोजना, गौतमबुद्ध प्रसूति अस्पताल, सुदूरपश्चिम सार्वजनिक यातायात र बबरमहल प्रशासनिक प्लाजा निर्माण योजनाका लागि आइतबार आशयपत्र आह्वान गरिएको थियो । यसैगरी सम्मेलनको पहिलो दिन आइतबार नै नौमुरे बहुउद्देश्यीय आयोजना, ६५० मेगावाट कालिगण्डकी-२ जलविद्युत आयोजना, खिम्ती थोसे  जलविद्युत आयोजना र देजी औद्योगिक पार्कका लागि पनि आशय पत्र आह्वान भइसकेको छ ।

सम्मेलनको दोस्रो दिन आज माथिल्लो चमेलिया जलविद्युत् आयोजना, पाँचखाल विशेष आर्थिक क्षेत्र, कवाडीखोला जलविद्युत् आयोजना, भारबुङ जलाशययुक्त जलविद्युत् आयोजना, तोम दोगर बुढीगण्डकी जलविद्युत् आयोजना, सुपर बुढीगण्डकी जलविद्युत् आयोजना, महादेव खोला जलाशय निर्माण, कर्णाली चिसापानी वायुऊर्जा परियोजना, धौवादी फलाम खानी उत्खनन आयोजनाका लागि लगानीकर्तासँग आशयपत्र आह्वान गरिँदैछ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र पहिलो दिनका मुख्य सत्रहरू सम्पन्न भए । उद्घाटनमा प्रधानमन्त्री दाहाल प्रचण्डले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सृजना भएको उल्लेख गर्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न आग्रह गरे ।

लगानी सम्मेलन सचिवालयद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिका अनुसार नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्ति, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक व्यावसायिक कर प्रणालीलगायत महत्वपूर्ण व्यवस्थाको सुनिश्चितता प्रदान गरेको प्रधानमन्त्री दाहालले उल्लेख गरेका थिए।

उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै अर्थमन्त्री वर्षमान पुनले लगानी प्रवर्द्धन र कानुनी सुधारको सन्देश लगानीकर्तासम्म पुर्याउन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

नीति निर्माता, लगानीकर्ता, विशेषज्ञ र सरोकारवालाबिच विचार आदान–प्रदान र सहकार्यका लागि सम्पर्क विस्तार गर्ने महत्वपूर्ण अवसर जुटाएको उनको भनाइ छ । लगानीकर्ताबाट सुझाव लिने महत्वपूर्ण प्लेटफर्मका रूपमा सम्मेलन फलदायी रहेको पुनले बताए ।

सम्मेलनमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तित्वहरुले निजी लगानीलाई प्रोत्साहित गर्न प्रतिबद्ध रहेको बताए ।

उद्घाटन सत्रमा नेपालका लागि चीनका महामहिम राजदूत चेन सोङ, नेपालका लागि भारतीय महामहिम राजदूत नवीन श्रीवास्तव, नेपालका लागि संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डिन आर थम्पसनलगायतले सम्बोधन गरे ।

युनाइटेड नेसन कन्फ्रेन्स फर ट्रेड एन्ड डेभलपमेन्टका महासचिव म्याडम रेबेका ग्रेन्सपान, आइटिसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा भारतीय उद्योग परिसङ्घको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका सुप्रतिम दत्ता र युएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल केशपले सम्बोधन गरेका थिए ।

त्यसैगरी, एसियाली विकास बैङ्क (एडिबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) कार्यवाहक उपाध्यक्ष रजत मिश्रलगायत विशिष्ट व्यक्तिहरूले सम्बोधन गरे ।    

सम्मेलनका सहआयोजक निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरू नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरू क्रमशः चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका अध्यक्ष लु चाउहुई, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष तथा महाप्रबन्धक सुशील शर्मा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलगायतले सम्बोधन गरेका थिए ।

उद्घाटनसत्रपश्चात् दुई मुख्य सत्र ‘नेपालमा लगानीका सम्भावनाको खोजी’ तथा ‘नेपालमा लगानी सफलताका कथा’ सञ्चालन गरिएको थियो । सम्मेलनका आइतबार दुईवटा सम्झौता भएका थिए ।

डाटा सेन्टर निर्माण तथा सञ्चालन सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो । बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच पनि द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष तान श्री दातो थायन लाईले सम्झौतामा हस्ताक्षर गरे । सम्मेलनका क्रममा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय ‘साइडलाइन’ बैठकहरू सम्पन्न भएका छन् ।

यसका अतिरिक्त प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका २२ वटा बढी प्रतिनिधिमण्डलसँग भेटघाट गरेका थिए । सम्मेलनपछि सहभागीहरूका लागि स्वागत रात्रि भोज आयोजना गरिएको थियो ।

Image

सहकारी संस्थाको सघन सुपरिवेक्षण र नियमनका लागि विशिष्टीकृत नियामक निकाय स्थापना गरिने नीति तथा कार्य...

Image

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले लघुवित्तका ऋणीहरूको कर्जा पुनरतालिकिरण तथा पुनर...

Image

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३४ करोड ७५ लाख रूपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोष रकम १ अर्ब २७ ...

Image

सो अवधिमा बिक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्री खुला भएको ...

Image

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ ।

...

Image

अब कोषका सहभागी, सेयरधनी, कर्मचारी र उनीहरुका आश्रित परिवारलाई चिरायु हस्पिटलले औषधोपचारमा छुट दिने ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४